महानायक राजेश हमालका भाइ राकेश हमालको निधन भएको छ । हमालका भाइ राकेशको भारतको नयाँ दिल्लीमा रहेको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
आफ्नो भाईलाई काकु संबोधन गर्ने अभिनेता हमालले भाईको निधनप्रति दुख ब्यक्त गर्दै भाई र आफ्नो बाल्यकालका तस्विरसंगै केही समय अघिको तस्विर पनि सार्वजनिक गरेका छन् उनले भनेका छन् – Good Bye dear Kaku… May you always find peace
नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय,समाज कल्याण परिषद मार्फत संञ्चालित राष्ट्रिय अपांग कोषका पुर्ब सभापति राकेश हमाल समाजसेवालाई कर्मक्षेत्र बनाएर सामाजिक काममा क्रियाशिल रहँदै आएका थिए । केही समय अगाडि ह्याम्स अस्पतालमा नै कलेजोको प्रत्यारोपण गरेका उनको स्वास्थ्यमा समस्या देखीएपछि सोही अस्पतालमा भर्ना गरिएको थियो ।
प्रतिक्रिया