US Khabar

कोरोनाका कारण ओलम्पिक गेम्स १ बर्ष उता सरेपछि खेलाडीको उमेर हद पनि बढाउने तयारी

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोनाका कारण ओलम्पिक गेम्स १ बर्ष उता सरेपछि खेलाडीको उमेर हद पनि बढाउने तयारी

जापानको टोकियोमा आगामी वर्ष जुलाई २३ देखि सुरु हुने ओलम्पिक गेम्सका लागि पुरुष फुटबल टोलीमा सहभागी हुने खेलाडीको उमेर हद बढाउने तयारी गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्को वर्षका लागि सारिएको ओलम्पिक गेम्सका लागि एक वर्ष बढाएर २४ वर्ष बनाउन लागेको हो ।

जापानको टोकियोमा यही वर्ष हुने तय भएको ओलम्पिक गेम्स कोरोना भाइरसको महामारीका कारण अर्को वर्षका लागि सारिएपछि फिफाले यस्तो निर्णय गर्न लागेको हो । यस अघि ओलम्पिकमा पुरुष फुटबलमा सहभागी हुने खेलाडीको उमेर हद २३ वर्ष रहँदै आएको थियो । तर फिफाले प्रयोगिता एक वर्षपछि धेकेलिएकाले खेलाडीको उमेर हद पनि एक वर्ष बढाएर २४ वर्ष बनाउन लागेको हो ।

आसन्न ओलम्पिकका लागि तयार पारिएको टोलीमा समस्या नआओस भनेर यस्तो गर्न लागिएको फिफाले जनाएको छ । यो प्रस्ताव फिफाले पारित गर्न बाँकी यस प्रस्ताव अनुसार सन् १९९७ को जनवरी १ यता जन्मिएका खेलाडीलाई खेल्न दिइने छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">