अमेरिकाका ६ बर्षिए १ बालकले विश्व च्याम्पियनको उपाधी पाएका छन् । आफ्नो ज्यान जोखिममा राखेर ४ बर्षिया आफ्नी बहिनीलाई खतरनाक कुकुरबाट बचाएकोमा प्रसंसा गर्दै उनलाई वल्र्ड बक्सिङ काउन्सिले विश्व च्याम्पियनको मानार्थ उपाधीबाट सम्मान गरेको हो ।
पश्चिमी अमेरिकाको वायोमिंग राज्यका ब्रिजर वाकर नामका ति बालकले आफ्नी ४ बर्षिया बहिनीलाई बचाउन गरेको यो संघर्षमा उनलाई गम्भिर चोट लागेकोले उनको शरिरमा ९० वटा टाँका लगाउनु परेको थियो । आफ्नी बहिनीको सुरक्षाक लागि यति कम उमेरमा जिम्मेबार दाजुको भूमिका निर्वाह गरेका उनको तस्विर सामाजिक संजालमा भाईरल भएपछि यो खबर र विश्व बक्सिंग काउन्सिलमा पुगेको थियो । यस प्रकारको बहादुरी आफैंमा एक आश्चर्य भएको भन्दै काउन्सीलले उनलाई विश्व च्याम्पियनको मानार्थ उपाधी दिने निर्णय गरेको हो ।
काउन्सीलले मात्र ६ बर्षका यि बालकले मानवताको उत्कृष्ट उदाहरण पेस गरेकोप्रति यो सम्मानले उनलाई सम्मानित गर्न पाउँदा आफुहरु गौरवान्वित भएको बताएको छ ।
प्रतिक्रिया