गायक प्रविण शाहीको नयाँ गीत सार्वजनिक भएको छ । प्रमोद परियारको शब्द तथा संगीतमा रहेको गायक शाहीको भुलाउन खोज्छु बोलको गीत युटुव मार्फत सार्वजनिक भएको हो ।
रक पप मेलोडीमा तयार भएको यो गीतमा प्रेम, विश्वघात र बियोगको संवेदनालाई प्रस्तुत गरिएको छ ।
नेपाली सांगीतिक क्षेत्रमा २ दशकदेखी सक्रिय गायक प्रविण शाही २०५६ सालमा ‘मिठो बोल्ने’ बोलको गीत रेकर्ड गराएर औपचारिक संगीत यात्रामा प्रवेश गरेका हुन् । भक्तपुरका स्थायी बासिन्दा शाही सांस्कृतिक नगरी भक्तपुरमा जन्मिएकले पनि उनको बाल्यकाल सांगीतिक वातावरणमा बितेको पाईन्छ । उनका हजुरवुवा हरेक प्रकारका बाजा बजाउथे र वा आमा, दाजु गीतहरु सुन्ने र गुनगुनाउने गर्थे । यहि प्रभावले पनि उनले सानैबाट सांगितीक माहौल मन पराउने वातावरण बन्यो ।
सुरुमा संगीत गुरु बिष्णु प्रसाद कायस्थसंग भक्तपुरको विष्णु संगीत आश्रमबाट आधारभुत संगीत गायनको प्रशिक्षण लिएका उनले कनानिधी संगीत महाबिद्यालय पुल्चोकबाट गुरु धन बहादुर गोपाली र राम चन्द्र लामिछाते संग ४ बर्षे शास्त्रिय संगीतको औपचारिक अध्ययन गरेका हुन् ।
२०५९ सालमा अधिराज्य ब्यापी ब्याण्ड प्रतिस्पर्धामा गायन उत्कृष्ठ रचना तर्फ पुरस्कृत शाहीका, सहिदको सपना, मिठो बोली, आज सबै लगायतका गीतहरु सार्वजनिक छन् ।
समाज शास्त्रमा स्नातकोत्तर शाही भक्तपुर सांगीतिक समाजका संस्थापक अध्यक्ष हुन् भने भक्तपुरमा हुने साहित्यिक कार्यक्रममा पनि उनको क्रियाशिल सक्रियता रहँदै आएको छ ।
प्रतिक्रिया