US Khabar

कांग्रेसको महिला विभागमा सचिव र ३७ सदस्यहरू मनोनयन

- Admin | ३ वर्ष पहिले प्रकाशित

कांग्रेसको महिला विभागमा सचिव र ३७ सदस्यहरू मनोनयन

नेपाली कांग्रेसको महिला विभागमा सचिव र सदस्यहरू मनोनयन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले सोमबार केन्द्रीय महिला विभाग विस्तार गरेका हुन् ।

पार्टी महाधिवेशन आउन केही समयमात्र बाँकी रहँदा बिस्तार गरिएको यस केन्द्रीय महिला विभागमा सुनसरीकी लक्ष्मी खतिवडालाई सचिवको जिम्मेवारी दिइएको छ भने प्रदेश नं. ३ काठमाडौंबाट अनार बस्नेत, ईन्दीरा कोईराला, कृष्ण कुमार बस्नेत, ठाकुर कुमार पौडेल, प्रदेश ४ गोर्खा बाट अम्बिका न्यौपाने, स्याङजाबाट खगेश्वरी भण्डारी, बाग्लुङबाट खगेश्वरी शर्मा लगायत बिभिन्न जिल्ला र प्रदेशबाट ३७ जनालाई सदस्यमा नियुक्त गरिएको छ ।

यसअघि विभाग प्रमुखमा पार्टी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई यसअघि मनोनीत गरि सकिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">