US Khabar

कोरोनाको उद्गम देश चिनमा बन्द रहेका सिनेमा घरहरु खुल्न थाले

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोनाको उद्गम देश चिनमा बन्द रहेका सिनेमा घरहरु खुल्न थाले

विश्वब्यापी महामारी कोभिड १९ को उद्गम देश चिनमा बन्द रहेका सिनेमा घरहरु खुल्न थालेका छन् । कोरोना महामारीका कारण बन्द रहेका चिनका फिल्म हलहरु ६ महिनापछि सोमबारबाट खुल्न थालेका हुन् ।

संक्रमितको संख्या कम हुँदै गएपछि सामान्य अवस्थामा फर्किएको चिनमा कम जोखिम भएका स्थानहरूमा फिल्म हल खोल्न थालिएको हो ।

चिनियाँ चलचित्र प्रशासनका अनुसार चीनका अधिकांश स्थानलाई कम जोखिम भएका क्षेत्रका रूपमा वर्गीकरण गरिएकाले देशभरका लगभग सबै फिल्म हल खुल्ने अनुमान गरिएको छ ।

अनलाइनबाट किन्नुपर्ने फिल्मको टिकट काट्नु पर्ने प्रावधान राखेर खुल्ने फिल्म हलहरूले पनि कुल क्षमताको ३० प्रतिशतमात्रै दर्शक राख्नुपर्ने र पहिले देखाउने गरेको भन्दा आधा संख्यामा मात्रै चलचित्र देखाउन पाइने नियम पालना गर्नुपर्नेछ ।

खानेकुरा र पेयपदार्थ बेच्न समेत रोकेर फरक समूहका दर्शकहरू कम्तीमा एक मिटर दूरी कायम गरेर सुचारु गर्न लागिएको फिल्महरुमा जाने दर्शकको दर्शकहरूको शरीरको तापक्रम नापेर मात्र फिल्म हलमा प्रवेश गर्न पाउने छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">