US Khabar

कोरोना संक्रमणबाट मृत्यु भएका ब्यवसायि दासका सबै परिवार सदस्यमा कोरोना संक्रमण

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु भएका ब्यवसायि दासका सबै परिवार सदस्यमा कोरोना संक्रमण

कोरोना संक्रमणका कारण तीन दिनअघि मृत्यु भएका सप्तरीको राजविराजका ब्यवसायि रामकृष्ण दासको परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिएको छ । ७२ वर्षीय ब्यवसायि दासको सम्पर्कमा रहेका उनका ५ चैं जना परिवारका सदस्यलाई कोरोना संक्रमण रहेको पिसिआर परिक्षण पछि पुष्टी भएको हो ।

कोशी ग्यासको प्रमुख डिलर र खाद बीज भण्डारका सञ्चालक रहेका दास पुराना एवं प्रतिष्ठित व्यवसायीका रुपमा रहेका थिए । परिक्षण रिपोर्टले दास परिवारका ११, ३६ र ६७ वर्षिय महिला तथा १७ र ४५ वर्षिय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको बताईएको छ ।

दास परिवारको प्रत्यक्ष सम्पर्कमा रहेका कामदार तथा अन्य निकटका गरि २४ जनाको स्वाब संकलन गरिसकिएको छ जस मध्य संक्रमण पुष्टि भएका मृतक दासका सबै परिवारका सदस्यलाई होम आइसोलेशनमा राखिएको छ भने अन्यको रिपोर्ट आउन बाँकी छ ।

दासकी श्रीमतीको कलेजोमा समस्या रहेकाले उपचारका लागि उनि छोरा र श्रीमती सहित भारतको दिल्ली गएका थिए । आफैं पनि मुटु र प्रोस्टेटका रोगी रहेका ७३ बर्षिय दास १३ दिन अघि मात्रै भारतबाट फर्किएका थिए । राजविराजका-६ का उनि भारतबाट फर्किएपछि क्वारेन्टाईनमा नबसेकाले उनको मृत्यु पछि उनकी श्रीमती, छोरा, बुहारी, नाती, नातिनी र घर(पसलमा कार्यरत कर्मचारी र सम्पर्कमा आएका सबैको स्वाब संकलन सुरु गरिएको थियो ।

बुधबार श्वासप्रश्वासमा समस्या देखिएपछि दासलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो । भर्ना भएको भोलीपल्ट नै उनको मृत्यु भएको छ ।

सफल ब्यवसायिक छवि बनाएका दास सप्तरी उद्योग बाणिज्य संघका सल्लाहकार, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका पूर्व जिल्ला अध्यक्ष लगायतका बिभिन्न संघ संस्थामा आवद्ध ब्यक्ती हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">