१३ बर्षअघि आफ्नै भान्जाको अपहरण गरी हत्या गरेका राजेशकुमार गुप्ता पक्राउ परेका छन् । भारतको मुजफ्फापुर घर भएका फरार अभियुक्त गुप्तालाई १३ बर्षपछि सर्लाहीको मलंगवा ८ गोरखकालीबाट पक्राउ गरेको हो ।
४५ वर्षीय गुप्ताले १३ बर्ष पहिले वि.स. २०६४ साल असोज २४ गते खिचापोखरीमा रहँदै आएका ११ बर्षिय आफ्नै भान्जा रोहित गुप्तालाई अपहरण गरी हत्या गरेका थिए ।
भान्जाको अपहरण गरि २ लाख ५० हजार फिरौती मागेका थिए । आफैंले भान्जाको अपहरण गरेका उनि निर्दोस देखिन अपहरणकारीले मागेको रकम बुझाउन त्रिभुवन पार्क आफैं गएका थिए । पैसा लगेपछि पनि रोहितलाई फिर्ता नगरेका उनले भान्जाको हत्या गरे । राहितको शव ३ दिन पछि फेला परेको थियो ।
परिवारकै सदस्य भएकाले र भान्जाको मृत्युमा शोकमा रहेका जस्ता देखिएकाले उनिमाथी रोहितको परिवारले शंका गरेको थिएन यद्यपी अनुसन्धनका क्रममा घटनामा संलग्न धादिङका विष्णु सुनारलाई प्रहरीले सोही वर्ष घटना घटेको २ महिना पछि पक्राउ गरेपछि घटनाका मुख्य अभियुक्त राजेश कुमार गुप्ता रहेको खुल्न आएको थियो ।
यता भान्जाको शव व्यवस्थापनपछि छठ मान्न जान्छु भनेर भारत गएका उनि नेपाल नफर्किए पछि उनको खोजी भै रहेको थियो । भारतमा लामो समय लुकिछिपी बसेका उनलाई प्रहरीले अन्तत नेपालबाट पक्राउ गर्न सफल भएको छ ।
प्रतिक्रिया