US Khabar

देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने सुझावप्रति अमेरिकी राष्ट्रपति ट्रम्प असहमत

- Admin | ३ वर्ष पहिले प्रकाशित

देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने सुझावप्रति अमेरिकी राष्ट्रपति ट्रम्प असहमत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने बिषयमा असहमत भएका छन् । फक्स न्यूजसँग अन्र्तवार्ताका क्रममा बोल्दै ट्रम्पले देशब्यापी रुपमा आम नागरिकलाई मास्क प्रयोगका लागि अपिल गर्न अस्वीकार गरेका हुन् ।

मास्कको प्रयोग अमेरिकामा राजनीतिक विषय बनेको बताउँदै उनले मास्कको प्रयोग ‘बाध्यकारी’ बनाउन दिईएको सुझावमा आफु समहत नरहेको स्पष्ट पारेका छन् ।

अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले मास्क प्रयोग गरेमा संक्रमणबाट जोगिने र संक्रमण भएको भए अरुलाई सार्नबाट बच्ने सम्भावना बढी रहेकाले राज्य तथा स्थानीय तहका नेताहरुलाई सम्भव भएसम्म मास्कको प्रयोग ‘बाध्यकारी’ बनाउन सुझाव दिएका थिए ।

एक लाख ४२ हजार बढीले ज्यान गुमाईसकेको अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७ लाख ७० हजार नाघेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">