आज अर्थात साउन २ गते कमैया मुक्ती दिवस । बि.स.२०५७ साउन २ गते नेपालमा सरकारले कमैया मुक्तिको घोषणा गरेको २० औं बर्ष पुरा हुँदा पनि उनिहरुका समस्या समाधान नभएपछि अखिल नेपाल जनजाति सम्मेलन दाङको ध्यानाकर्षण भएको छ । अखिल नेपाल जनजाति सम्मेलन दाङले कमैया मुक्ती दिवसका अवसरमा विज्ञप्ती जारी गर्दै यस बिषयमा आफुहरुको ध्यानाकर्षण भएको बताएको हो ।
कमैया मुक्ती दिवसको अवसरमा अखिल नेपाल जनजाति सम्मेलनको तर्फबाट सम्पूर्ण मुक्त कमैया ,मुक्त कमैयाका परिवार र सबै खाले दासता,शोषण ,दमन,अन्याय ,अत्याचारका विरुद्धमा संघर्षरत सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई शूभकामना दिँदै मुक्त कमैयाको सीप र क्षमताको विकास गर्दै उनीहरुलाई ब्याबसायिक क्षेत्रमा लाग्ने र आत्मनिर्भर बनाउन सरकारसंग माग गरेको छ ।
संगठनले लगत लिन छुट भएका मुक्त कमैयाहरुको लगत सङ्कलन गर्न र तिनीहरुको पुर्नस्थापना उपलब्ध मुक्त कमैया परिचय पत्र अझै सम्म पुनर्स्थापना हुन बाकी रहेका मुक्त कमैयाहरुलाई अबिलम्ब पुर्नस्थापना , पुर्नस्थापना गरिएका तर प्राकृतिक प्रकोप वा समाजका गलत तत्वहरुको शोषण र अन्यायमा परेर बिस्थापित हुन परेकाहरुलाई पुर्नस्थापना ,राज्यले उपलब्ध गराएका अधिकार र सुबिधाहरुको उचित सदुपयोग, मुक्त कमैयाको सीप र क्षमताको विकास गर्दै उनीहरुलाई ब्याबसायिक क्षेत्रमा लाग्ने र आत्मनिर्भर बनाउने तर्फ ध्यान दिन,उनीहरुको शिक्षा ,स्वास्थ्य,रोजगारी, सुबिधा प्रति विशेष ध्यान दिन उनीहरु माथि हुने गरेका सबै खाले शोषण ,दमन, अन्याय, अत्याचारको अन्त्यका लागि अघिल्ला बर्षहरुमा झैं यो पटक पनि सरकार सित पुनः जोडदार माग गरेको छ ।
विश्व र नेपालले अन्त्य गरेको दासप्रथाको ईतिहासलाई स्मरण गर्दै नेपालमा कमैया मुक्तीको घोषणाको २० बर्ष पुरा हुँदा सरकारले जमिनदारहरुलाई बाधा नपु¥याउने अर्थात कमसल जग्गा खोजेर उनीहरुलाई घरबास मिलाउने बाटो रोजेकाले अहिले सम्म पनि मुक्त कमैयाको समस्या समाधान हुन नसक्नु सरकारको कमजोरी भएको समेत बताएको छ ।
अखिल नेपाल जनजाति सम्मेलन दाङद्वारा जारी विज्ञप्तीको पूर्ण पाठ
प्रेस बिज्ञप्ति
मिति:२०७७/०४/०२
अखिल नेपाल जनजाति सम्मेलन
जिल्ला समिति दाङ
आज साउन २ गते मुक्त कमैया दिवस हो। बि.स.२०५७ साउन २ गते नेपालमा सरकारले कमैया मुक्तिको घोषणा गरेको थियो।त्यस यता हरेक बर्ष साउन २ लाई मुक्त कमैया दिवस मनाउने चलन छ।आज साउन २ गते कमैया मुक्तिको घोषणा भएको २० बर्ष पूरा भएको
२१ औं बर्षमा प्रबेश गर्यो।२१ औं मुक्त कमैया दिवसकोअवसरमा हाम्रो सङ्गठन अखिल नेपाल जनजाति सम्मेलनको तर्फबाट सम्पूर्ण मुक्त कमैया , मुक्त कमैयाका परिवार र सबै खाले दासता, शोषण ,दमन,अन्याय ,अत्याचारका विरुद्धमा संघर्षरत सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हार्दिकशूभकामना व्यक्त गर्दछौं ।
बि.स.१९८१ मा प्रधानमन्त्री चन्द्र शमसेरको पालामा नेपालमा दास उन्मूलन गरिएको थियो। संयुक्त राष्ट्र संघले सन् १९४९ देखि डिसेम्बर २ लाई दास उन्मूलन दिवस मनाउदै आइरहेको छ।सन् १९५५ देखि नेपाल पनि संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र रहदै आएको छ।तर दुखको कुरा नेपालमा दासप्रथाको अवशेषकोरुपमा रहदै आएको कमैया प्रथा लामो समय सम्म कायमै रह्यो।बदलिँदो राजनीतिक परिस्थितिको प्रभाव ,कमैयाहरुमा आएको जागरुकता ,जमिन्दारहरुको घर त्यागेर सडक संघर्षमा आउने उनीहरूको हिम्मत ,राजनीतिक दलहरु र अन्य विभिन्न संघ संस्थाहरुको सहयोग आदिका फलस्वरूप सरकारले कमैया मुक्तिको घोषणा गर्न बाध्य भएको थियो।कमैया मुक्तिको घोषणा गरिएको २० बर्ष पूरा भैसक्दा पनि मुक्त कमैयाहरुको समस्याहरु अझै सम्म समाधान भैसकेको छैन।
गत सालको माघ महिनामा हाम्रो सङ्गठनले “मुक्त कमैयाको उचित ब्यबस्थापन गर ” भन्ने नारा सहित “कंचनपुर – दाङ अभियान” सन्चालन गरेको थियो। कंचनपुर ,कैलाली ,बर्दिया ,बाके र दाङ पाँच वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने,पाँच वटै जिलाको सदरमुकाममा अन्तरक्रिया कार्यक्रम गर्ने र मुक्त कमैयाहरु सित भेटघाट ,छलफल ,प्रशिक्षण आदि कार्यक्रम राखिएका थिए।
लगत लिन छुट भएका मुक्त कमैयाहरुको लगत सङ्कलन गर्न र तिनीहरुको पुनर्स्थापना गर्न,मुक्त कमैया परिचय पत्र दिइएको तर अझै सम्म पुनर्स्थापना हुन बाकी रहेका मुक्त कमैयाहरुलाई अबिलम्ब पुनर्स्थापना गर्न , पुनर्स्थापना गरिएका तर प्राकृतिक प्रकोप वा समाजका गलत तत्वहरुको शोषण र अन्यायमा परेर बिस्थापित हुन परेकाहरुलाई पुनर्स्थापना गर्न,राज्यले उपलब्ध गराएका अधिकार र सुबिधाहरुको उचित सदुपयोग गर्न,मुक्त कमैयाको सीप र क्षमताको विकास गर्दै उनीहरुलाई ब्याबसायिक क्षेत्रमा लाग्ने र आत्मनिर्भर बनाउने तर्फ ध्यान दिन,उनीहरुको शिक्षा ,स्वास्थ्य,रोजगारी, सुबिधा प्रति विशेष ध्यान दिन उनीहरु माथि हुने गरेका सबै खाले शोषण ,दमन, अन्याय, अत्याचारको अन्त्य गर्न हामीले माग राख्दै आएका छौ। २१ औं मुक्त कमैया दिवसका अवसरमा मुक्त कमैयाहरुका उक्त समस्याहरु समाधान गर्न सरकार सित पुनः जोडदार माग गर्दछौं ।
२०५७ सालमा कमैया मुक्तिको घोषणा गरेका बेला जमिन्दारको जग्गाको निस्चित हिस्सा मुक्त कमैयालाई उपलब्ध गराउने ब्यबस्था गरेको भए छोटो समयमै यो समस्या समाधान हुन्थ्यो ।सरकारले जमिनदारहरुलाई बाधा नपुर्याउने अर्थात कमसल जग्गा खोजेर उनीहरुलाई घरबास मिलाउने बाटो रोजेकाले अहिले सम्म पनि यो समस्या समाधान हुन सकेको छैन।
मुक्त कमैयाहरु अधिकांस मजदुर र किसान बर्गका भएकाले उनीहरुको वास्तविक मुक्ति पनि ती बर्गहरुको मुक्ती सितै जोडिएको छ।धन्यवाद!
रामबहादुर जि. एम .
अध्यक्ष
अखिल नेपाल जनजाति सम्मेलन ,दाङ
प्रतिक्रिया