गएराती मृत्यु भएका सप्तरीका रामकृष्ण दासको कोरोना पुष्टी भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । कोशी ग्यासको प्रमुख डिलर र खाद बीज भण्डारका सञ्चालक रहेका ब्यवसायि दासको मृतुको कारण कोरोना संक्रमण भएको पुष्टी भएको हो ।
दासकी श्रीमतीको कलेजोमा समस्या रहेकाले उपचारका लागि उनि छोरा र श्रीमती सहित भारतको दिल्ली गएका थिए । आफैं पनि मुटु र प्रोस्टेटका रोगी रहेका ७३ बर्षिय दास १३ दिन अघि मात्रै भारतबाट फर्किएका थिए । राजविराजका-६ का उनि भारतबाट फर्किएपछि क्वारेन्टाईनमा नबसेकाले उनको मृत्यु पछि उनकी श्रीमती, छोरा, बुहारी, नाती, नातिनी र घर-पसलमा कार्यरत कर्मचारी र सम्पर्कमा आएका सबैको स्वाब संकलन सुरु गरिएको छ ।
बुधबार श्वासप्रश्वासमा समस्या देखिएपछि दासलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो । भर्ना भएको भोलीपल्ट नै उनको मृत्यु भएको छ ।
सफल ब्यवसायिक छवि बनाएका दास सप्तरी उद्योग बाणिज्य संघका सल्लाहकार, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका पूर्व जिल्ला अध्यक्ष लगायतका बिभिन्न संघ संस्थामा आवद्ध ब्यक्ती हुन् ।
प्रतिक्रिया