US Khabar

मन्त्रिपरिषद् बैठक सम्पन्न: लकडाउन ८ दिन थप

- Admin | ३ वर्ष पहिले प्रकाशित

मन्त्रिपरिषद् बैठक सम्पन्न: लकडाउन ८ दिन थप

नेपाल सरकारले लकडाउन ८ दिन थपेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

दोस्रो पटक थपिएको लकडाउनको समय अवधि मंगलबार मध्यरातसम्म थियो। चैत्र ११ गते यता लकडाउनलाई सरकारले निरन्तरता दिँदै आएको हो। कोभडि-१९ को रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य स्वय्मसेबिकलाई खटाउने, उनीहरुलाई सहजिकरण गर्ने र त्यसका लागि प्रत्येक दिन १५ सय रुपैयाँ दिने निर्णय पनि बैठक गरेको छ।

यस्तै निजी क्षेत्रका चिकित्सकलाई पनि उपचारमा खटाउने र त्यसबापत सरकारी चिकित्सकले पाउँदै आएको सेवा सुविधा उनीहरुलाई दिने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">