US Khabar

पूर्व अमेरिकी राष्ट्रपति ओवामा, अरवपति बिल गेट्स लगायतको ट्वीटर एकाउण्ट ह्याक गरि रकम लुटियो

- Admin | ३ वर्ष पहिले प्रकाशित

पूर्व अमेरिकी राष्ट्रपति ओवामा, अरवपति बिल गेट्स लगायतको ट्वीटर एकाउण्ट ह्याक गरि रकम लुटियो

विश्वका प्रख्यात अरबपती, पूर्व अमेरिकी राष्ट्रपति एवं चर्चित व्यक्तीहरुको सामाजिक सञ्जाल ‘ट्वीटर’ एकाउण्ट ह्याक भएको छ । अमेरिकी राष्ट्रपति बाराका ओबामा, विश्व प्रख्यात अर्बपतिहरु बिल गेट्स, एलन मस्क, जेफ बेजोस, गायक केन्या वेष्ट लगायतको ट्वीटर एकाउण्ट ह्याक भएको हो ।

ह्याकरहरुले बिल गेट्सको एकाउण्टमा समाजका लागि बिटक्वाईन मार्फत एक हजार अमेरिकी डलर दिनेलाई आफूले दुई हजार डिलर फर्काउने लेखिएको थियो ।

ह्याक गरिएका ट्वटर एकाउण्डबाट चन्दाका लागि अपिल गर्दै पोष्टहरु सार्वजनिक भएका छन् । यि एकाउण्डबाट बिटक्वाइनको लागि चन्दा मागेको छ । जस मध्य बिल गेट्सको एकाउण्टबाट गरिएको ट्वीटमा सबैले आफुलाई समाजलाई आर्थिक उन्नतीमा ल्याउन अनुरोध गरेकाले त्यसका लागि सबैले रकम जम्मा गर्नु पर्ने र यसबाट दोब्बर पैसा दिने भन्दै लेखिएको छ ‘तपाईं मलाई एक हजार डलर पठाउनुहोस् म तपाईंलाई दुई हजार डलर पठाउनेछु ।’

उनको एकाउण्डबाट यो ट्विट सार्वजनिक भए लगत्तै सयौंको संख्यामा मानिसहरुले लाखौं रकम पनि पठाईसकेका थिए । एकाण्ड ह्रयाक गरेर राखिएका यि पोष्ट केही मिनेटमा नै ह्याकरहरुले हटाएका थिए ।

बाराक ओवामा र अन्य चर्चित ब्यक्तको एकाउण्डबाट पनि यस प्रकारका म्यासेज पोष्ट भएका थिए । यस घटनाबारे गम्भिर छानविन सुरु गरेको जनाउँदै घटनाको अनुसन्धान तथा जाँच नभएसम्म यस ट्विटरको पासवर्ड रिसेट गर्न नसकिने र ट्विट गर्न नसकिने जनाएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">