US Khabar

उसले घर भत्काएर दरबार बनायो – गजल [ खिमु केसी ]

- Admin | ३ वर्ष पहिले प्रकाशित

उसले घर भत्काएर दरबार बनायो – गजल  [ खिमु केसी ]

उसले घर भत्काएर दरबार बनायो

दुई चार जनालाई ठेकेदार बनायो ।।

 

आमाले सधै सानो देखीरहिन् छोरालाई

छोराले आमालाई नभनेर घरबार बनायो।।

 

सँगै मिलेर बग्दै आएका ढुङ्गालाई

आज नदीले किनारामा वारपार बनायो ।।

 

सबै कुरा किनबेचमै चल्न थालेपछि

साहुजीले मायालाई पनि व्यापार बनायो ।।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">