US Khabar

नवराज विक हत्या प्रकरण: थप ४ जना जेल चलान

- Admin | ३ वर्ष पहिले प्रकाशित

नवराज विक हत्या प्रकरण: थप ४ जना जेल चलान

६ जना युवकको हत्या हुनेगरी गत जेठ १० गते रुकुममा घटेको घटनाका थप ४ आरोपीलाई दोशी ठहर गर्दै जेल चलान गरिएको छ । मंगलबार जिल्ला अदालतमा हाजिर भएका ४ अभियुक्तको बयान र थुनछेक बहसपछि दोशी ठहर गर्दै काराकारको सजाएँ सुनाएको हो ।

जेल सजाएँ सुनाईएका थप ४ जनामा चौरजहारी नगरपालिका ८ रुकुमका तुलराम घर्ती, सौरभ पुन, लोकेन्द्र घर्ती र डिल्ली घर्ती रहेका छन् ।
यो सँगै सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जना मध्ये २८ जना जेल चलान भएका छन् भने दुई दुई नाबालक रहेकाले उनीहरुलाई बालसुधार गृहमा राख्ने आदेश यस अघिनै भएको थियो ।

पक्राउ परेका बाँकी ४ जना मध्य १ जना १ लाख धरौटीमा र ३ जना साधारण तारिखमा छुटेका छन् भने ४ जना अझै फरार सुचिमा रहेका छन् ।

गत जेठ १० गते जाजरकोट भेरी नगरपालिकाका ४ का नवराज विक र उनका १९ जना साथीहरु रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा युवती भगाउन गएका थिए । मल्ल थरकी किशोरीलाई प्रेम गरेका नवराज बिक उनलाई बिहे गर्नका लागि भगाउन गएका थिए । केटी पक्षका आफन्त तथा गाउँलेले नवराज बिकसंगै उनका साथीहरु गणेश बुढा मगर, सन्दिप विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम नेपालीको हत्या गरेर शब भेरी नदिमा फ्याकेका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">