US Khabar

मेलम्चीको बाँध फुटेर बेपत्ता ईन्जिनियरको शव पाल्चोकी क्रसर नजिक भेटियो-सवारी चालक अझै बेपत्ता

- Admin | ३ वर्ष पहिले प्रकाशित

मेलम्चीको बाँध फुटेर बेपत्ता ईन्जिनियरको शव पाल्चोकी क्रसर नजिक भेटियो-सवारी चालक अझै बेपत्ता

मेलम्ची खानेपानी आयोजनाको परिक्षणका क्रममा सुरुङको १७ नम्बर गेट फुट्दा बेपत्ता भएका २ जना मध्य इञ्जिनियर सतिश गोहितको शव फेला परेको छ । मंगलबार दिउँसो सुरुङको गेट फुट्दा निस्केको पानीको बहावले बगाएर बेपत्ता इञ्जिनियर गोहितको शव बुधबार फेला परेको हो ।

आयोजनाको कामका शिलशिलामा गाडीमा रहेका उनीहरूमध्य इञ्जिनियर गोहित र गाडी चालक राधाकृष्ण थापा मगरलाई बाँध फुटेपछि आएको पानीको बहावले बगाएर बेपत्ता बनाएको थियो भने इन्जिनियर शेखर खनाल र सर्भे असिस्टेन्ट पेम्बा दोर्जे तामाङ घाईते अवस्थामा फेला परेका थिए ।

मंगलबार हराएका उनिहरु मध्य २६ बर्षिय इञ्जिनियर गोहितको शव २८ घण्टापछि मेलम्ची नगरपालिका-११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको छ भने सवारी चालक ५५ वर्षीय थापा अझै बेपत्ता रहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">