पछिल्लो समय म्यूजिक भिडियोमा सक्रिय बिधान कार्की निर्देशित नयाँ गीत सार्वजनिक भएको छ । अम्बिका शर्माको शब्द तथा अर्जुन पोख्रेलको संगीत रहेको देश भक्ती गीत मेरो देश नेपाल भिडियो सहित सार्वजनिक भएको हो ।
देशको महिमा सहित सकारात्मक सन्देश बोकेको यो गीतमा देशका चर्चित १६ जना गायक गायिकाले आवाज भरेका छन् । जसमा राजेश पायल राई, प्रमोद खरेल, अर्जुन पोख्रेल, राजु परियार, निसान भट्टराई, कृष्ण काफ्ले, मेलिना राई, राज सिग्देल, बुद्ध लामा, अस्मिता अधिकारी, अनिता चलाउने, समिक्षा अधिकारी, किरण भुजेल र प्रविण भेटवाल रहेका छन् ।
देश प्रेम, जनताको बर्तमान अवस्था र मानसिकता लगायतका बिषयलाई उठान गरिएको यस गीतमा चर्चित सञ्चारकर्मी तथा निर्देशक भूषण दाहालको आवाज पनि रहेको छ भने देश प्रेमपूण यस भावलाई लेखक दिपक समिरले लेखेका हुन् ।
अर्जुन तिवारी टिम, पंकज महरा, बबिन दुलाल, धिरज अधिकारी, प्रज्ञान बिक्रम थापा, बिनोद पोख्रेल, बिबेक बस्याल, मनिला तिवारी, नारायणी फोटो स्टुडियो चितवनले थप फुटेज संकलन गरेको भिडियोमा रुविना अघिकारीलाई मुख्य पात्रका रुपमा देखाईएको छ ।
नेप सिने फिल्म स्टुडियोले पोष्ट पोडक्सनको जिम्मा लिएको मेरो देश नेपालको भिडियोलाई उत्सव दाहालले निर्देशन गरका हुन् भने सम्पादन बिकाश दाहालको रहेको छ ।
प्रतिक्रिया