US Khabar

अन्तरास्ट्रिय तेक्वान्दो प्रतियोगितामा टेक्सासकी सनसाईनले पाईन् दोश्रो स्थान

- Admin | ३ वर्ष पहिले प्रकाशित

अन्तरास्ट्रिय  तेक्वान्दो प्रतियोगितामा टेक्सासकी सनसाईनले पाईन् दोश्रो स्थान

टेक्सास, अमेरिकाको टेक्सासमा रहेका पत्रकार सूर्य थापा र शारदा थापाकी सुपुत्री सनसाईन थापाले अन्तरास्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताले अनलाइनबाट गरेको पुम्से प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्न सफल भएकी छन् । पांच बर्ष पुरा हुन लागेकी सनसाईनले आफ्नो समुहको पहेंलो बेल्टबाट पुम्से प्रतियोगीतामा दोश्रो स्थान ओगट्न सफल भएकी छन् । अमेरिकाको ओरेगन पोर्टल्याण्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताले अनलाइनबाट गरेको पुम्से प्रतियोगितामा सहभागी भएर थापाले उक्त स्थान हासिल गर्न सफल भएकी हुन् ।

दोश्रो स्थान प्राप्त गरेपछि सनसाईनकी आमा शारदा थापाले खुशी ब्यक्त गर्दै सन्तानको सानो उपलब्धी पनि ठुलो लाग्दोरहेछ भन्दै आयोजक सम्पुर्णका साथै ग्य्राण्डमास्टर दिवाकार महर्जन लगायत सबैमा धन्यबाद दिएकी छन् । खेलकुदमा रुचि राख्ने सनसाईन टेक्सासमा तेक्वान्डो स्कुल जाने भए पनि कोरोना महामारी पश्चात भने ग्य्राण्डमास्टर दिवाकार महर्जनकै हलिउड स्कुलबाट अनलाईन कक्षा लिएकी छन् । बैनि सन्नीभासंगै तेक्वान्डो खेल्ने सनसाईन पनि उपलब्धी पछि निकै हर्षित भएकी छन् ।

नतिजा सार्वजनिक

अमेरिकाको ओरेगन पोर्टल्याण्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताले अनलाइनबाट गरेको पुम्से प्रतियोगिताको पहिलो चरणको नतिजा सार्वजनिक गरिएको छ । अनलाइनमार्फत दुईचरणमा पुम्से प्रतियोगिता गरिएकोमा पहिलो चरणमा सबै कलर बेल्टको नतिजा सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपका निर्देशक दिवाकर महर्जनले जानकारी दिए ।

प्रतियोगितामा अमेरिका, नेपाल लगायत विश्वभरबाट सहभागिता जनाएका थिए । पहिलो चरणमा सबै कलर बेल्टवालाको प्रतिस्पर्धामा २०१३ देखि २०१४ का पहेंलो बेल्ट पुरुषतर्फ एरिक राना प्रथम र कृतिन महर्जन दोश्रो भएका छन् । त्यस्तै महिला तर्फ नव्या श्रेष्ठ प्रथम र सनसाइन थापा दोश्रो भएका छन् । सोही उमेर समहुका ग्रिनबेल्टमा पुरुषतर्फ केन्नी हे र महिलातर्फ युलिना राई प्रथम भएका छन् । सोही उमेर समुहकै ब्लुबेल्टमा पुरुष तर्फ चेस रेमण्ड र महिला तर्फ सञ्जना कडरिया प्रथम भएका छन् ।२०१३ देखि २०१४ का पहेंलो बेल्ट पुरुषतर्फ कृष होरभाट र महिला तर्फ ओलिभा यांग प्रथम भएका छन् ।

सोही उमेर समहुका ग्रिनबेल्टमा पुरुषतर्फ विशाल बस्नेत र महिलातर्फ प्रतिक्षा राना प्रथम भएका छन् । सोही उमेर समुहकै ब्लुबेल्टमा पुरुषतर्फ जनेश पोखरेल र महिला तर्फ बेथानी मिन प्रथम भएका छन् । सोही उमेर समुहको रेड बेल्टमा महिलातर्फ जोनी फुम का यी प्रथम भएकी छिन् । २००९ देखि २०१० सम्मका पहेंलो बेल्ट पुरुषतर्फ रोदन राई र महिला तर्फ कृपा गुरुंग प्रथम भएका छन् । सोही उमेर समहुका ग्रिनबेल्टमा पुरुषतर्फ सुगम भुजेल र महिलातर्फ सोफिया तामांग प्रथम भएका छन् । सोही उमेर समुहकै ब्लुबेल्टमा पुुरुषतर्फ सिनेथ काभिस्का फर्नान्डो र महिला तर्फ लोरेना क्राइतेस प्रथम भएका छन् । सोही उमेर समुहको रेड बेल्टमा पुरुषतर्फ आयडेन राफल र महिलातर्फ सोफिया बर्डुगो प्रथम भएकी छिन् ।

२००६ देखि २००८ सम्मका पहेंलो बेल्ट पुरुषतर्फ क्रियशन बिष्ट र महिला तर्फ खुशी बराल प्रथम भएका छन् । सोही उमेर समहुका ग्रिनबेल्टमा पुरुषतर्फ कौशल कुमार र महिलातर्फ स्वस्तीका तामांग प्रथम भएका छन् । सोही उमेर समुहकै ब्लुबेल्टमा पुुरुषतर्फ प्रज्ञान तामांग र महिला तर्फ सेरेना सञ्जाली प्रथम भएका छन् । सोही उमेर समुहको रेड बेल्टमा पुरुषतर्फ असेन राजापाक्ष र महिलातर्फ एलेक्सा लोपेज प्रथम भएकी छिन् । २००६ देखि २००८ सम्मका पहेंलो बेल्ट पुरुषतर्फ क्रियशन बिष्ट र महिला तर्फ खुशी बराल प्रथम भएका छन् । सोही उमेर समहुका ग्रिनबेल्टमा पुरुषतर्फ कौशल कुमार र महिलातर्फ स्वस्तीका तामांग प्रथम भएका छन् । सोही उमेर समुहकै ब्लुबेल्टमा पुुरुषतर्फ प्रज्ञान तामांग र महिला तर्फ सेरेना सञ्जाली प्रथम भएका छन् । सोही उमेर समुहको रेड बेल्टमा पुरुषतर्फ असेन राजापाक्ष र महिलातर्फ एलेक्सा लोपेज प्रथम भएकी छिन् ।

२००३ देखि २००५ सम्मका पहेंलो बेल्ट पुरुषतर्फ थिनेत बाभान्था र महिला तर्फ अर्पणा भट्टराई प्रथम भएका छन् । सोही उमेर समहुका ग्रिनबेल्टमा पुरुषतर्फ रोहण गुरुंग र महिलातर्फ नेशरिया मोहम्मद प्रथम भएका छन् । सोही उमेर समुहकै ब्लुबेल्टमा पुुरुषतर्फ शुक्रराज सुनार र महिला तर्फ सन्ध्या थापा प्रथम भएका छन् । सोही उमेर समुहको रेड बेल्टमा पुरुषतर्फ कोन्राड मिन्स र महिलातर्फ दिपिशा गुरुंग प्रथम भएकी छिन् । १९९० देखि २००२ सम्मका पहेंलो बेल्ट पुरुषतर्फ इर्गल बन्दरालागे र महिला तर्फ सुस्मीता राई प्रथम भएका छन् । सोही उमेर समहुका ग्रिनबेल्टमा महिलातर्फ सुशिला मगर प्रथम भएका छन् ।

सोही उमेर समुहकै ब्लुबेल्टमा पुुरुषतर्फ दावा शेर्पा र महिला तर्फ नेहा चौधरी प्रथम भएका छन् । सोही उमेर समुहको रेड बेल्टमा पुरुषतर्फ सुपेन फर्नान्डो र महिलातर्फ ट्राइसिया मिन्स प्रथम भएकी छिन् । १९८९ भन्दा अगाडिको उमेर समुहको पहेंलो बेल्ट पुरुषतर्फ शाहुल हमिद र महिला तर्फ कृशला राई प्रथम भएका छन् । सोही उमेर समहुका ग्रिनबेल्टमा पुरुषतर्फ सुशिल सुनार प्रथम भएका छन् । सोही उमेर समुहकै ब्लुबेल्टमा पुुरुषतर्फ रोहीत राई प्रथम भएका छन् । सोही उमेर समुहको रेड बेल्टमा पुरुषतर्फ थोमस डुकरोक र महिलातर्फ दिपिशा अप्रिल मिन्ह प्रथम भएकी छिन् ।

सम्पूर्ण नतिजा र प्रतियोगीको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । पहिलो चरणमा सबै रंगका बेल्टवालाहरुले गत जुन २० सम्म अनलाइनबाट भिडियो पठाएका थिए । अन्तर्राष्ट्रिय रेफ्रीहरुले जुन २१ देखि २७ सम्म भिडियो हेरेर विजेता घोषणा गरेका हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">