US Khabar

बलेको अभिनयमा प्रेम, जातिय बिभेद र हत्याको कथा: ‘धोका भो’

- Admin | ३ वर्ष पहिले प्रकाशित

बलेको अभिनयमा प्रेम, जातिय बिभेद र हत्याको कथा: ‘धोका भो’

पछिल्लो समयका ब्यस्त संगीतकार सन्तोष सुनारको नयाँ गीत ‘धोक भो’ सार्वजनिक भएको छ । सन्तोष स्यंमको शब्द, संगीत र आवाजमा रहेको ‘धोका भो’ गीत 8k एभरेष्ट मोसनको यूटुव च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

मनोज बस्नेतको कन्सेप्ट र निर्देशनमा निर्माण भएको यस गीतको भिडियोमा चर्चित हाँस्य कलाकार सागर लम्साल ‘बले’ मुख्य भूमिकामा देखिएका छन् भने उनि संगै रोशनी कार्की र रश्मी भट्टको पनि केन्द्रिय भूमिका रहेको छ । अन्तरजातिय प्रेमकै कारण ज्यान गुमाएका नवराज बिक हत्या प्रकरणमा आधारित रहेर तयार पारिएको यस गीतको भिडियोमा मनोज जोशी र अकेश भण्डारी सह भूमिकामा रहेका छन् ।

राजकुमार केसीको छायांकन र टेकेन्द्र शाहीको सम्पादन रहेको भिडियोमा समाजदरा तल्लो जात भनिदैं आएका युवकले अन्तरजातिय प्रेमकै कारण ज्यान गुमाएको कथालाई मर्मस्पर्शी रुपमा चित्रण गरिएको छ । पिचरोड, घाममा सुकाईदेउ, घरबार, चुडी छमाछम, लभ लेटर, मेरी मायालु लगायतका दर्जनौं चर्चित गीतहरुमा शब्द र संगीत भरेका सन्तोष सुनार आवाज र अभिनयमा पनि स्रोता दर्शकबाट प्रशंसा पाईरहेका गायक हुन् ।

टिपिकल र समसामयिक शब्दमाथी मिठासपूर्ण संगीतका कारण पनि सन्तोषका गीतहरुका प्रशंसक युवा पुस्तादेखी बालबालिका र अघिल्लो पुस्तालाई समेत मन पर्ने गरेको पाईन्छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">