छ दिन अघि देखी हराईरहेकी चर्चित अमेरिकी अभिनेत्री तथा गायिका नाया रिभेरा मृत फेला परेकी छन् । बुधबार देखी हराएकी ३३ वर्षीया कलाकार रिभेराको शव क्यालिफोर्नियाको पीरु तालमा भेटिएको हो ।
चार वर्षीय छोरा जोशे होलिस डोर्सेलाई लिएर पीरु तालमा स्विमिंग गर्न गएकी उनले ३ घण्टाको लागि डुंगा भाडामा लिएकी थिईन् । तर लामो समयसम्म पनि उनि नफर्किएपछि उनको खोजी भएको थियो । खोजिका क्रममा पिरू तालको उत्तरी कुनामा एउटा डुंगा बेवारिसे अवस्थामा तैरिरहेको भन्ने सुचना आएपछि उद्धार टोली सो स्थानमा पुगेको थियो । सो ढुंगा उनि चढेकै डुंगा थियो जो पानीमा तैरिरहेको थियो । उनि ढुंगामा थिईनन् तर उनका ४ बर्षिय छोरा भने डुंगा मै फेला परेका थिए । झण्डै बेहोस अवस्थामा रहेका उनको शरीरमा लाइफ ज्याकेट पनि थियो।
छोरालाई जिवीतै उद्धार गरिएपनि रिभेरालाई खोज्न झण्डै एक साता लाग्यो । तालका बिभिन्न कुना कुनामा पौडिवाजको सहयोगमा खोजि गर्दा उनी सोमबार साँझ ताल भित्र मृत फेला परेकी हुन् । फेला परेकी उनले लाईफ ज्याकेट नलगाएको पाईएको छ ।
‘फक्स’ च्यानलको म्युजिकल–कमेडी शृंखला ‘ग्ली’ बाट चर्चामा आएकी उनि रिभेराका सरी, फर द ब्रोकन, माई हर्ट लगायतका गीतहरु सार्वजनिक छन् ।
प्रतिक्रिया