US Khabar

कर्णाली प्रदेशका सांसद शाहीलाई कोरोना पुष्टी – संसद बैठक स्थगित

- Admin | ३ वर्ष पहिले प्रकाशित

कर्णाली प्रदेशका सांसद शाहीलाई कोरोना पुष्टी – संसद बैठक स्थगित

कर्णाली प्रदेशका सांसद जीवन कुमार शाहीलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । सोमबार पिसिआर परीक्षण गराईएका सांसद शाहीलाई कोरोना संक्रमण भएको पुष्टी भएको हो ।

पत्रकार र प्रदेश सभा सदस्यहरुसंग बाक्लो सम्पर्कमा रहँदै आएका सांसद शाहीलाई कोरोना पुष्टी भएपछि उनको सम्पर्कमा रहेका सांसद तथा अरु व्यक्तिहरू र परिवार सदस्यको स्वाव संकलनका लागि खोजी सुरु भएको छ ।

अवस्था सामान्य रहेका सांसद शाहीलाई आइसोलेसनमा राखिएको छ । सांसदलाई नै कोरोना पुष्टी भएछि हाल संसद बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">