US Khabar

रामेछापमा छुरा प्रहार: १ जनाको मृत्यु, २ घाईते

- Admin | ३ वर्ष पहिले प्रकाशित

रामेछापमा छुरा प्रहार: १ जनाको मृत्यु, २ घाईते

रामेछापको मन्थलीमा गएराती एक ब्यक्तीले छुरा प्रहार गरी १ जनाको हत्या गरेका छन् २ जना घाईते भएका छन् । मन्थली नगरपालिका कठजोरमा स्थानीय ५० वर्षीय दिलबहादुर श्रेष्ठले छुरा प्रहार गरी सोही ठाउँका ६२ वर्षीय विनोदकुमार श्रेष्ठको हत्या गरेका हुन् ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका श्रेष्ठको मन्थली स्थित तामाकोसी सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने । छुरा प्रहारबाट घाईते भएका ३५ वर्षीय दलनारायण श्रेष्ठ र २५ वर्षीय प्रेमबहादुर श्रेष्ठलाई उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा ल्याईएको थियो । जस मध्य दल नारायणको अवस्था गम्भीर रहेको छ । उनको नाडी र निधारमा चोट लागेको छ ।

सामान्य घाईते रहेका प्रेम बहादुर भने उपचार पछि डिस्चार्ज भएका छन् । यस घटनाका अभियुक्त दिल बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ भने मृतक बिनोद कुमारको पोस्टमार्टमपछि शव परिवारलाई बुझाईएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">