US Khabar

अमेरिकाको टेक्ससमा १९ बर्षिय हिकारु गौतम र त्रीशरण खत्रीको तालमा डुबेर मृत्यु 

- Admin | ३ वर्ष पहिले प्रकाशित

अमेरिकाको टेक्ससमा १९ बर्षिय हिकारु गौतम र त्रीशरण खत्रीको तालमा डुबेर मृत्यु 

अमेरिकाको टेक्ससमा २ नेपाली किशोरहरुको तालमा डुबेर एक साथ मृत्यु भएको छ । मृत्यु हुनेमा १९ बर्षिय नेपाली किशोर हिकारु गौतम र सोहि उमेरका नेपाली भाषि भुटानी त्रिशरण खत्री रहेका छन् ।

फोर्टवर्थ केलर निवासी हिकारु र त्रीशरणसंगै एक भियतनामी किशोर माछा मार्ने भनेर पास्सम किङडम लेक (ताल)मा गएका थिए । बिभिन्न जातका माछाका लागि प्रख्यात मानिने यो तालमा माछा मार्ने क्रममा मोवाईल पानीमा खसेपनि मोवाईल खोज्न उनिहरु तालमा पसेका थिए । जस मध्य भियतनामी किशोर पौडी खेलेर बाहिर आउन सफल भए भने हिकारु गौतम र त्रिशरण तालमै बेपत्ता भए । उनिहरु तालमा डुबेर हराएको खबर पाए लगत्तै परिवार र नेपाली तथा भुटानी समुदायका अगुवाहरु उनिहरुको खोजिमा जुटेपनि उनिहरुले फेला पार्न नसकेपछि सुचनाका आधारमा अस्टिनबाट गेम वार्डन क्रुजको टिम अक्सिजन सहित खोजि कार्यमा जुटेको थियो । किशोरहरु जीवीत फेला पर्न सके बचाउनका लागि अक्सिजन सहित निरन्तर प्रयास गरेका उनिहरुले अन्तत दुई नेपाली किशोरको शव फेला पारे ।

जस मध्य त्रिशरणको शव शनिवार फेला परेको थियो भने हिकारुको शव आईतबार फेला परेको थियो । गत बर्ष मात्र हाईस्कुल सकेर अर्भिङको युनिभर्सिटी अफ टेक्सासमा अध्यनरत हिकारु फोटवर्थ क्षेत्रकी क्रियाशिल सामाजिक अभियन्ता सरिता चौलागाईंका छोरा हुन् । उनिसंगै मृत्यु भएका नेपाली भाषि भुटानी त्रिशरण खत्री र ति भियतनामी किशोर उनका सहपाठी भएको बताईएको छ ।

यस घटनाले सो क्षेत्रका नेपाली समुदायमा शोकमा छ । नेपाली भाषि भुटानी मृतक त्रिशरणको नाममा Dallas Gurkhas FC ले गो फण्ड संचालन गरेको छ । डल्लास गुर्खाज एफ सीमा त्रिशरण पनि फुटबल खेलाडीका रुपमा आवद्ध थिए । त्यसैले पनि यो समुहले त्रिशरणको मृत्युमा गहिरो दुख ब्यक्त गरेको छ । उनिहरुका अनुसार त्रिशरण तालमा साथी डुब्न लागेपछि उनको बचाउका लागि तालमा पसेका थिए । उनको नाममा संचालित गो फण्डमा  हँसिलो र आत्मिय ब्यवहारमा उनि आफ्ना लक्ष्यहरूप्रति अत्यन्त समर्पित, आशावादी, मेहनती र ऊर्जाले भरिएका थिए जसलाई डल्लास गुर्खाज एफ सीले आफ्नो समुदायको उदाउँदो ताराका रुपमा हेरेको थियो ।

गो फण्ट मार्फत सहयोग गर्नका लागि तलको लिकंमा क्लिक गर्नुहोस्

https://www.gofundme.com/f/mzchp-paying-tribute-to-trisharan-khatri?utm_source=customer&utm_campaign=m_pd+share-sheet&utm_medium=copy_link-tip

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">