US Khabar

‘समिति पारदर्शी छ, भ्रामक र कपोल कल्पित समाचारको पछि नलागौं’- जनसम्पर्क समिति अमेरिका

- Admin | ३ वर्ष पहिले प्रकाशित

‘समिति पारदर्शी छ, भ्रामक र कपोल कल्पित समाचारको पछि नलागौं’- जनसम्पर्क समिति अमेरिका

नेपाली जनसम्पर्क समिति,अमेरिकाकाले समितीका बारेमा आएका नकारात्मक टिका टिप्पणीको खण्डन गरेको छ । समितीका आमन्त्रित केन्द्रीय सदस्य (नेपाली कांग्रेस) तथाअध्यक्ष आनन्द बिष्ट र महासचिव मुनिन्द्र नेम्वाङ्गद्वारा संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै भ्रामक र कपोलकल्पित समाचार प्रति समितिको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

समितिले अनुशासन,विधि,प्रक्रिया र पद्धतिलाई समेत बर्खिलाप हुने गरी समितिको नाममा अवैधानिक गतिविधि भएको छ यस्ता भ्रामक गतिविधिका पछि नलाग्न आग्रह गर्दै नेपाली जनसम्पर्क समिति,अमेरिकाको हाल रहेको नेतृत्व टेक्सासमा दर्ता कायम रहेको समितिको कानुन अनुसार नै निर्वाचित भएको र सोही कानुन अनुसार नै बैधानिक हैसियतमा रहेको स्मरण गरेको छ ।

समितीद्वारा जारी विज्ञप्तीमा उल्लेख भए अनुसार पछिल्लो पटक २०७६ भाद्र १७ गतेको कांग्रेस केन्द्रीय समितिको बैठकले कार्यकाल सकिएका जनसम्पर्क समितिहरुको अधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने गरी प्रक्रिया सुरु गर्न समितिलाई ०७६ कार्तिक ५ गते लिखित निर्देशन प्राप्त भएको थियो । सोही अनुसार समितिले ६ महिनाभित्र अधिवेशन गर्ने गरी कार्य तालिका समेत सार्वजनिक गरेको थियो । सार्वजनिक कार्यतालिका अनुसार समितिको यो बर्षको फेबु्रअरी ५ का दिन सम्पन्न बैठकले मार्च २८ र २९ मा सबै च्याप्टरहरुको अधिवेशन सम्पन्न गर्ने र अप्रिल ११ र १२, का दिन समितिको केन्द्रीय अधिवेशन सम्पन्न गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय समिति समक्ष सहमति लिने निर्णय भएको हो ।

यस्तो छ जन सम्पर्क समिती अमेरिकाद्वारा जारी विज्ञप्तीको पूर्ण पाठ

मितिः जुलाई १२,२०२०

प्रेस विज्ञप्ति

नेपाली जनसम्पर्क समिति,अमेरिकाको नाममा विगत केही दिनदेखि सामाजिक संजाल र केही अनलाईनमार्फत सार्वजनिक भैरहेकासमितिका आन्तरिक विषयप्रति हामी गम्भीर भएका छौं । यस किसिमका भ्रामक र कपोलकल्पित समाचारका प्रति समितिको गम्भीरध्यानाकर्षण भएको छ । कुनै पनि संस्थाका आफ्ना प्रक्रिया र पद्धति हुन्छन् ।

अनुशासन,विधि,प्रक्रिया र पद्धतिलाई समेत बर्खिलाप हुने गरी जे जसरी समितिको नाममा अवैधानिक गतिविधि भएको छ यस्ता भ्रामकगतिविधिका पछि नलाग्न नेपाली जनसम्पर्क समिति,अमेरिका कार्य समितिका पदाधिकारी,सदस्य,सबै च्याप्टर नेतृत्व, आम सदस्य रशुभेच्छुकहरुलाई यसै विज्ञप्ति मार्फत आग्रह गर्दछ ।

नेपाली जनसम्पर्क समिति,अमेरिकाको हाल रहेको नेतृत्व टेक्सासमा दर्ता कायम रहेको समितिको कानुन अनुसार नै निर्वाचित भएको रसोही कानुन अनुसार नै बैधानिक हैसियतमा रहेको प्रष्ट छ । हामीले न्यूजर्सीमा एकता प्रक्रियामा सहमति गरेर हस्ताक्षर गर्दैगर्दाटेक्सासमा दर्ता कायम रहेको संस्थाको वैधानिकतालाई स्वीकार गर्ने र सोही अनुसार तत्कालीन दुवै समितिको विधानलाई समेटेर एउटाविधान बनाई सन् २०१४ मा एकताको अधिवेशन गरिएको अभिलेख सुरक्षित छ । तसर्थ यस बारे अहिले जुन किसिमले भ्रम सिर्जना गर्नेकार्य भैरहेको छ त्यो नितान्त सांगठनिक हित विपरित रहेको छ र यस्तो भ्रमको पछि नलाग्न सबैमा आग्रह गर्दछौं।

नेपाली जनसम्पर्क समितिको तीन वर्षे कार्यकाल सकिएको विषय भएता पनि यस समिति नेपाली कांग्रेसको इकाई भएकोले कांग्रेसकोआन्तरिक निर्देशन र परिपत्र हाम्रा मार्ग निर्देशन हुन् । सोही अनुसार नेपाली कांग्रेससँग समन्वय गरी सन् २०१७ को भर्जिनियामा सम्पन्नपहिलो वार्षिक साधारण सभाको म्यान्डेट अनुसार हामीले अधिवेशन गर्न पहल गरेको प्रष्ट पार्न चाहन्छौं । तर त्यो बेला अहिले अधिवेशनगरेन भनेर सामाजिक संजालमा सार्वजनिक गर्ने समितिभित्रकै केही साथीहरुले अधिवेशन रोक्नका लागि पार्टी नेतृत्वबाट पत्र ल्याएरअधिवेशन प्रक्रिया रोक्न लगाएको हामी स्मरण गराउन चाहन्छौं । यसरी अधिवेशन प्रक्रिया रोक्नेहरुले अहिले अधिवेशन गरेन भनेरआरोप लगाउनु आफैंमा गैर जिम्मेवारपन देखिन्छ ।

पछिल्लो पटक २०७६ भाद्र १७ गतेको कांग्रेस केन्द्रीय समितिको बैठकले कार्यकाल सकिएका जनसम्पर्क समितिहरुको अधिवेशन ६महिनाभित्र सम्पन्न गर्ने गरी प्रक्रिया सुरु गर्न समितिलाई कार्तिक ५,२०७६ का मितिमा लिखित निर्देशन प्राप्त भएको र सोही अनुसार यससमितिले ६ महिनाभित्र अधिवेशन गर्ने गरी कार्य तालिका समेत सार्वजनिक गरेको हामी स्मरण गराउन चाहन्छौं । सोही अनुसारसमितिको फेब्रुअरी ५,२०२० का मितिमा सम्पन्न बैठकले मार्च २८ र २९,२०२० का मितिमा सबै च्याप्टरहरुको अधिवेशन सम्पन्न गर्ने रअप्रिल ११ र १२,२०२० का मितिमा समितिको केन्द्रीय अधिवेशन सम्पन्न गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय समिति समक्ष सहमति लिनेनिर्णय भएको हो । सोही मितिको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि निर्वाचन समिति,विधान मस्यौदा समिति,आर्थिकसमिति,सदस्यता वितरण तथा छानबीन समिति,प्रचार प्रसार समिति, अनुगमन समिति,व्यवस्थापन समिति र परामर्श समिति गठन गर्नेनिर्णय गरेको समेत स्मरण गराउन चाहन्छौं । समितिले साधारण सदस्यता र पार्टीको क्रियाशील सदस्यता वितरणको तयारी समेत पुरा गरिसकेको हामी प्रष्ट पार्दछौं।

फेब्रुअरी ५ ,२०२० को यही निर्णय अनुसार नेपाली कांग्रेस केन्द्रीय समिति समक्ष समितिको केन्द्रीय अधिवेशनको प्रस्तावित मितिअनुमोदन र अन्य प्रक्रियाका लागि सहजीकरण गरिदिन अनुरोध गरिएको परिस्थितिका बीच विश्व महामारी कोरोना संक्रमणको अवस्थाभयावह हुन थालेपछि नेपाली कांग्रेसले आफ्नो १४ औं महाधिवेशन सम्बन्धी सबै प्रक्रिया स्थगित गरेको समेत सबैलाई अवगत नै छ ।स्थिति सामान्य हुनासाथ पार्टीको निर्देशन अनुसार अवरुद्ध अधिवेशन प्रक्रिया सुचारु गर्न समिति प्रतिवद्ध रहेको र यसका लागि पार्टीसंगसमन्वय पनि भैरहेको जानकारी गराउँछौं।

नेपाली कांग्रेसले अर्को निर्णय नगरी विगतको निर्णयको आधारमा नै समितिको कार्यकाल सकियो भनेर संगठनको मूल्य,मान्यता र पद्धतिविपरित सार्वजनिक बहस गर्नु गैर जिम्मेवार कार्य हो भन्ने समितिको ठहर छ । समितिको कार्यकालका सम्बन्धमा सम्पूर्ण निर्णय लिनेअधिकार नेपाली कांग्रेस केन्द्रीय समिति समक्षसँग मात्र रहेको छ । यस्तो सबै वैधानिक प्रक्रिया जारी रहेको अवस्थामा केही साथीहरुलेभ्रम सिर्जना गरेको प्रष्ट छ । हामी सांगठनिक हित,एकता,संवाद र सहकार्यमा हातेमालो गर्दै संस्थागत प्रक्रियामा प्रतिवद्ध रहन सबैलाईआग्रह गर्दछौं ।

गलत र आधारहीन हल्लाका पछि नलाग्न सबै साथीहरुलाई पुनः एकपटक अनुरोध गर्दछौं ।

जय नेपाल

जय नेपाल।

 

मुनिन्द्र नेम्वाङ्ग

महासचिव अध्यक्ष,

नेजस अमेरिका

 

आनन्द विष्ट

अध्यक्ष,

एवं आमन्त्रित केन्द्रीय सदस्य,नेपाली कांग्रेस

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">