गायक तथा संगीतकार राज सागरको स्वर र संगीतमा नयाँ गीत सार्वजनिक भएको छ । डा. डीआर उपाध्ययको शब्दमा रहेको साक्षी राखेर भगवानलाई’ बोलको भिडियो सहित सार्वजनिक भएको हो ।
गीत लेखेरै १५ विश्व रेकर्ड राखेको गीतकार डा. डीआर उपाध्यायको ‘साक्षि राखेर भगवानलाई’ गीतमा प्रेमको गहिरो अभिब्यक्तीलाई प्रस्तुत गरिएको छ ।
गीतमाथी निर्माण भएको भिडियोमा मनोज ओली र समिया कार्कीको अभिनय रहेको छ । सुभाष प्रधानले निर्देशन गरेको भिडियोमा डम्बर राईको छायाँकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
नेपाली साहित्य र संगीतमा उचो छवि बनाएका डा. डीआर उपाध्ययले अहिले सम्म १९ एल्वम मार्फत सयौं गीत सार्वजनिक गरेका छन् भने १० वटा आख्यान पाठक माझ आएका छन् ।
त्यस्तै यस गीतका गायक तथा संगीतकार राज सागर नेपाली सुगम तथा गजल गायनका क्षेत्रमा लोकप्रिय नाम हो । नेपाली तारा सिजन २ का चौंथो बिजयी बन्नु अघिबाटै सुरु भएको उनको सांगीतिक यात्राको दशक लामो सांगीतिक दौरानमा उनका दर्जनौं कर्णप्रिय गजल तथा गीतहरु सार्वजनिक छन् । भोजपुरमा जन्मेका राज सागर बरिष्ठ संगीतकार दिपक जंगमसंग औपचारिक संगीतको शिक्षा लिएकाले पनि उनका गीत र संगीतमा भाईरल भन्दा पनि उत्कृष्ट मिठास पाईन्छ । साहित्यकर्मी माझ अझ बढि लोकप्रिय उनि पछिल्लो समय संभवत कवि तथा गजलकारहरुका शब्दमा सबैभन्दा बढि संगीत र आवाज भर्ने गायकका रुपमा चिनिन्छन् ।
प्रतिक्रिया