US Khabar

लागुऔषध कारोवारीलाई जेलबाट छुटाउन मोटो रकम लिएका पत्रकार शाह पक्राउ

- Admin | ३ वर्ष पहिले प्रकाशित

लागुऔषध कारोवारीलाई जेलबाट छुटाउन मोटो रकम लिएका पत्रकार शाह पक्राउ

प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता साह पक्राउ परेका छन् । प्रहरी हिरासतमा रहेका लागुऔषध कारोवारीलाई जेलबाट छुटाउने सर्तमा अभियुक्तको परिवारबाट रकम लिएका पत्रकार भैयाराम साह पक्राउ परेका हुन् ।

प्रहरी प्रवक्ता गौतम मिश्रका अनुसार अफान्तसँग मोटो रकम माग गरेका र केही रकम समेत लिइसकेको रेर्कड फेला परेपछि सोही रेर्कडको आधारमा पत्रकार साहलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका साहलाई अदालतबाट १० दिनको म्याद लिई अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">