US Khabar

ब्रेथिङ स्पेस अफ औंलाहरु

- Admin | ३ वर्ष पहिले प्रकाशित

ब्रेथिङ स्पेस अफ औंलाहरु

रसिक राज 

 

 

एक जोर औंलाहरु  
पर्खिरहेका छन् शरणार्थी मानसिकता
कटे पछि देश भन्दा पर देशको अनुहार
बल्ल अघाउछ औंलाको पेट

जराहरु काटेर एउटा रुख औंला
पारित गरिरहेछ
पालुवाको हितमा एउटा लमेतन्न सरकारी योजना पत्र।
छर्किरहेछन् अरु औंलाहरु
अत्तर कागजका फुलका पत्रमा।

पाहडको ढिस्कोमा गाडीएका पाखुराका हात
देखाईरहेछ हिमाललाई पाँच औंला
हिउपहिरो पर्खिरहेछ उसको स्वीकृति पोखिनलाई
फाँट हाम फालिरहेछ छिमेकीको जाँघमा।

उडिरहेका छन् सेता कागहरु
परेवा मुखुण्डोमा
सालिकका औंलाहरुमा थुप्रेकाछन् मासुका टुक्रा
सेतै भएका शहिदका नाक
विष्टाको मेमोरेवल कलर

खुटाहरुलाई आकाश तर्फ फर्काएर
अौलाहरु कोटाई रहेछन् कानेगुजी
मुखहरुमा चप्किएको आठ हजार आठ सय अड्चालिसको विज्ञापन बोर्ड
अनि आकाश तिरै हिडेका छन् लाइन लागेर साल्ट बाटरको गस्ती।

केही औंलाहरु कोट्याई रहेछन्
पोर्न स्टारको नाभिमा अट्केको सभ्यता
र सुघाई रहेछन वर्तमानलाई

केही औंलाहरु उखालेर तिघ्राको रौं
बनाइरहेछन् इतिहासको मुखमा जुङ्गा

केही औंलाहरु झुन्डाई रहेछन्
वेश्यालयको गेटमा
कागती र खुर्सानी।
रातो र पिरो भएका छन
कुममा टासिएका तारा आकारका लिङ्ग ।

केही औंलाहरु लेखिरेछन्
आफ्नो अनुहारको पक्षमा स्पस्टिकरण
केही औंलाहरु कोट्याउदै तिन‌ै अक्षर
ख‍ोज्दैछन आफ्नो निर्दोषिता
फगत प्रयास..

औंला मानसिकताका अौलाहरु
मान्छेका बोसोको बाफ पिउदै
कोरी रहेछन पाइतलाको मुन्तिर
खरानीले औंलाहरु काँट्ने योजना।

***

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">