सभामुख अग्निप्रसाद सापकोटाको आँखाको अप्रेसन गरिएको छ । मोतियाविन्दुको समस्या रहेका सभामुख सापकोटाको आँखाको आज बिहान साढे १० बजे काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो ।
सभामुख सापकोटाको दायाँ आँखामा मोतियाबिन्दु भएको थियो । उनको आँखाको वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले शल्यक्रिया गरेको हो ।
आँखाको शल्याक्रियाको खर्च सभामुख सापकोटा आफैंले गरेका थिए । राज्य कोषमा भार नपरोस भनेर उनले शल्यक्रियाको खर्च आफैंले ब्यहोरेको बताईएको छ ।
आफ्नो आँखाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएपछि सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत सहितको चिकित्सकको टोली र तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।
प्रतिक्रिया