कोभिड १९ का कारण समस्यामा परेका नेपालीलाई फिलिपिन्सबाट नेपाल फिर्ता ल्याईने भएको छ । कोरोना पछि समस्यामा रहेका नेपालीहरुलाई जुलाई १२ अर्थात आउँदो आइतबार हिमालय एअरलाइन्स मार्फत नेपाल ल्याउन लागिएको हो ।
मलेसिया स्थित नेपाली दुतावासका अनुसार नेपाल फिर्ता हुनेहरुमा १८९ जना दूतावासको प्राथमकितामा रहेका छन् । दुतावासले समस्यामा परेका र स्वदेश फर्कन पर्ने अवस्थामा रहेका नेपालीलाई आफ्नो विवरण टिपाउन पनि अनुरोध गरिएको छ ।
प्रतिक्रिया