सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी समितिको बैठक सार २६ गते सम्मका लागि स्थगित भएको छ । आज बस्ने भनिएको स्थायी समितिको बैठक असार २६ गते ११ बजे सम्मका लागि स्थगित भएको हो ।
स्थायी सहमतिमा बहुमत सदस्य प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने पक्षमा छन् । ओली भने अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अडानमा छन् ।
यो बीचमा अध्यादेश ल्याएर पार्टी विभाजन, कांग्रेससँग मिलेर सरकार सञ्चालन जस्ता अनेक विश्लेषण भएका छन् । ओली पक्षले नेकपाभित्र बाटै महाअभियोग लगाएर राष्ट्रपतिलाई हटाउन खोजिएको दाबी गरेको छ ।
पार्टीमा जारी गतिरोध अन्त्यका लागि दुई अध्यक्ष निरन्तर छलफलमा रहेकाले स्थायी समिति बैठक स्थगित भएको बताईएको छ ।
प्रतिक्रिया