प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षत्रीलाई नियुक्त गरिएको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी फोर्सको २८ औं महानिरीक्षकका रुपमा थापा लाई नियुक्त गरेको हो ।
हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले भोलि असार २४ मा अवकास लिने भएसंगै प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुख लगायतका जिम्मेवारी सम्हालिसकेका थापालाई नयाँ आईजीपीका रुपमा नियुक्त गरेको हो ।
कार्यक्षमतामा अब्बल, बौद्धिक र इमान्दार छवि बनाएका थापासंगै हरिबहादुर पालको नाम पनि सिफारिस गरिएको थियो । तर प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म नम्बर एक रहेका क्षेत्री नै यस पदका लागि योग्य ठहर गर्दै सरकारले थापालाई नयाँ आईजीपीका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
२०४९ साल बैसाख १९ गते प्रहरी निरिक्षक पदबाट सेवा प्रवेश गरेका थापा २०५८ फागुन १० गते डिएसपी पदमा बढुवा भएका थिए भने, २०६७ पौस २० गते एसपी, २०७४ साउन १९ मा एसएसपी, २०७५ असोज २८ मा डिआईजी, २०७६ चैत ९ गते एआईजी पदमा बढुवा हुँदै आज अर्थात २०७७ असार २४ गते नेपाल प्रहरीको २८ औं आईजीपी नियुक्त भएका हुन् ।
प्रतिक्रिया