US Khabar

ब्राजिलका राष्ट्रपति बोल्सोनारोलाई कोरोना भाइरस संक्रमण

- Admin | ३ वर्ष पहिले प्रकाशित

ब्राजिलका राष्ट्रपति बोल्सोनारोलाई कोरोना भाइरस संक्रमण

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई कोरोना भाइरस संक्रमण भएको छ ।  मंगलबार बोल्सोनारो आफैंले आफुलाइ कोरोना संक्रमण भएको सार्वजनिक गरेसंगै खबर बाहिरिएको हो ।

यसअघि, कोरोन भाइरसलाई सामान्य फ्लु भन्दै आएका राष्ट्रपति बोल्सोनारोले संक्रमण पछि भने कोरोना संक्रमणबाट जनसंख्याको धेरै हिस्सा प्रभावित हुने कुरा सबैलाई थाहा भएको अभिब्यक्ती दिएका छन् ।

उनले भनेका छन् ‘सबैलाई थाहा थियो, ढिलोचाँडो यसबाट जनसंख्याको धेरै हिस्सा प्रभावित हुनेछन् । म पनि पोजेटिभ देखिएको छु,’ ।

सोमबार कोभिड–१९ जाँच गराएका उनको रिपोर्ट पोजेटिभ आएपछि उनले यो खबर मंगलबार सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">