कोरोना पुष्टी भएपछि आत्महत्या गरेका सन्धिखर्कका देव बहादुर विकको परिवारलाई बाख्रा वितरण छ । आर्थिक अवस्था कमजोर भएका विकले आत्महत्या गरेपछि परिवारमा समस्या भएको भन्दै जनचेतना सरोकार मञ्च अर्घाखाँचीले ५ वटा बाख्रा बितरण गरेको हो ।
सन्धिखर्कको शितगंगा नगरपालिका ५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका ४५ वर्षीय देवबहादुर विकले रुखमा झुन्डिएर आत्महत्या गरेका थिए । भारतबाट आएका उनिमा कोरोना पोजेटिभ देखिएपछि उनले आत्महत्या गरेका हुन् ।
परिवारको आर्थिक अवस्था कमजोर भएर मजदुरीका लागि भारत गएका उनले कोरोनाको सन्त्रासले आत्महत्या गरेपछि परिवारको आया आर्जनको बाटो बन्द भएको भन्दै जनचेतना सरोकार मञ्च अर्घाखाँचीले मृतक विककी श्रीमती मनकलालाई ५ वटा बाख्रा प्रदान गरेको हो ।
प्रतिक्रिया