हेरौं यो तस्विर, जहाँ भुतपुर्ब नेपालका प्रधानमन्त्रि बाबुराम भट्टराई ब्यानर बोकेर विदेशी महिलालाई विवाह भएर अर्को देश भित्र पस्ने बित्तिकै तुरुन्त नागरिकता दिनु पर्छ भन्दै जुलुसमा सामेल छन् । एउटा डिग्रि लिएका छन् र नेपालको परिपेक्षमा यी ब्याक्तिलाई एउटा बिद्वान रुपमा लिनु पर्छ । तर हाम्रो दुर्भाग्य ! यस्ता कुपुतहरुले हाम्रो देशको राजनैतिक, साँस्कृतिक र भौगोलिक ईतिहासलाई छिया- छिया पार्ने कोसिस गरि रहेका छन् । जब नेपाली नारि वुहारि भएर भारत जाँदा सात बर्ष कुर्नु पर्ने कानुन छ भने नेपालले सोही समान कानुन अपनाउदा कसरी विभेद हुन्छ ? नेपाली जनताहरु ईमान्दार छन भनेर स्वार्थको लागि जे पनि गर्ने ? के को हतार ? कस्ले दियो अधिकार ? नागरिकता ,नदिनाला र हिमालि मनमोहक श्रीङ्खला जहाँ भगवान शिवजि को बाँस हुन्छ ! यस्ता पबित्र चिजहरुको बिक्रि गर्न ! कस्को कमाई बिक्रि गर्न खोज्दैछन् यी ब्यानर बोक्नेहरु । ब्यानर र ब्यानरका मालिकहरुलाई पशुपति आर्यघाटमा जिवनको मौन भेला गराउने जिम्मेवारी पनि हामिले युवा पुस्तालाई नै हस्तान्तरण गर्नु पर्ने जरुरि देखिन्छ ।
राष्ट्रिय राजनितीको स्वामित्व नेपालि कै हातमा रहनु नै राष्ट्रको सुरक्षा हैन र ? नागरिकता, पाहाड, नदिनाला, र सिमाना पनि स्वार्थकोलागि जुवामा दाउ थाप्न मिल्छ त ? राजनितिकै संस्कारलाई बैयतिक संस्कारबाट मुक्त गर्न र नेपालको ईतिहास र भुगोलको रक्षा गर्न युवा पुस्ताको नेत्तृत्व अपरिहार्य छ । हाम्रो मुलुक दक्षिण पुर्व एसियाको २०० बर्ष भन्दा बढि अन्तराष्ट्रिय सम्बन्ध भएको सर्ब बिद्दित नै छ । अमुल्य समय, ज्युदो जाँगर र सिपलाई नेपालको बिकाशमा समर्पण मुखि कसरी युवा पुस्तालाई आकर्षण गर्ने भन्ने आजको आवश्यकता हो ।
राजनितिक चलखेलमा युवा पुस्ताहरु अल्मलिएका छन् । विभिन्न किसिमका सामाजिक सन्जालहरु बाट यो प्रस्ट हुन्छ कि नेपाली राष्ट्रिय चिन्तनको बिकाश भएको छ ।
हेर्दा हेर्दै ६० बर्ष भित्रको यो समयलाई बिर्सिदिने हालको परिस्थितिलाई अन्योलमा परिणत गर्ने अनि आउने सुनौला दिनहरुलाई अन्धकारमुखि बनाउने राजनैतिक सोचले हाम्रो सार्बभौमसत्ता कमजोर हुने प्रस्ट छ । बिलिन हुन लागेको राजनैतिक पुस्ताले नेपालको ऐतिहासिक जिम्मेवारि पूरा गर्न सक्छ वा सक्दैन ! अथवा हाम्रो ईतिहास र भगवान शिव र गौतम बुद्धको जन्मभुमिलाई टुक्रा-टुक्रमा बिभाजन गरि आफु हिन्द माहासागरमा बिलाउछ । राष्ट्रिय चिन्तन र व्याबस्थापनमा अज्ञानताको कारणबाट देशको भबिस्य भुमरिको चक्रमा छ। माकुराले जालोबुने जस्तो बिदेशिहरुको चक्रव्ह्युमा हाम्रो गुलामिहरुले हिमालयको चम्किलो मुहारमा कालो मोसो दल्नेहरुको तँछाड मँछाड छ । हजारौ बर्षदेखि कुनै पनि बिदेशिहरुको उपनिवेस र गुलामि नबनेको नेपाललाई आज केही राष्ट्र भक्ति र स्वभिमानको कम्जोर मनस्थितिहरुले मुलुकलाई भड्खालोमा धकाल्न खोज्दैछन् ।
बर्तमान चुनौतिहरुको पाठ्य क्रमको बारेमा हाम्रा युवा पुस्ताले गहिरो अध्यान गर्न जरुरि छ । “रात रहयो अग्राख पलायो” को कठोर संघार बाट वच्न हाम्रा सन्तानहरुलाई शिक्षा दिनु जरुरि छ भन्ने तथ्य छिमेकिहरुको ईतिहासबाट अबगत नै छ । गुलामि बन्नु भन्दा हिमालयको जल नै हाम्रो लागि अम्रित हुन्छ भन्ने पनि हाम्रो युवा पुस्ताको कानमा सुसेल्दै एक बिसुद्ध युगान्तकारि परिवर्तनको खोज बर्तमान परिप्रेक्षको आवश्यकता हो ।
प्रतिक्रिया