इराकको राजधानी बग्दादमा रहेको अमेरिकी कुटनितीज्ञ तथा सैन्य अखडालाई लक्षित गरी दुइवटा रकेट प्रहार भएको छ । अमेरिकी दूताबास समेत रहेको ग्रीन जोन र सैनिक मुख्यालयलाई लक्षित गरी दुइवटा रकेट प्रहार गरिएको हो ।
गत अक्टोबरदेखि अमेरिकी कुटनितीज्ञ तथा सैन्य अखडालाई निशाना बनाई पटक पटक आक्रमण हुन थालेको ईराकमा यस पटक गरिएको आक्रमण मध्य पहिलो रकेट अमेरिकी कुटनितीज्ञ तथा सैन्य अखडालाई लक्षित गरि गरिएको थियो भने दोस्रो रकेट आक्रमण सैनिक मुख्यालयलाई लक्षित गरी गरिएको थियो ।
इरा समर्थित समूहलाई जिम्मेवार ठहराएको यस आक्रमणमा अमेरिकी कुटनितिज्ञ तथा सैनिक सुरक्षित रहेका छन् । रकेट सैन्य मुख्यालय संगै रहेको घरमाथि खस्दा एक बालक भने घाइते भएका छन् ।
गत जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इराकको बग्दादमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएका थिए । जनरल सुलेमानीले सिरियामा बसार अल(असदको सत्ता टिकाउन र इराकमा आईएसविरुद्धको सङ्घर्षमा विशेष भूमिका खेलेका ब्यक्ती थिए । (एजेन्सी )
प्रतिक्रिया