जनकपुर उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिका कञ्चन पञ्जियारका बलत्कारी तथा हत्या अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका ३२ वर्षीय दीप सिंह रहेका छन् ।
बुधबार भैसी चराउन गएकी ती बालिकालाई सिंहले आँप दिने प्रलोभन देखाएर बलात्कार गरी हत्या गरेका थिए । हत्या पछि उनको शव रभन्दा एक किलोमिटर टाढाको दुधमति खोलामा फालेर सिंह फर्किएका थिए ।
बलत्कार पछि हत्या गरिएकी बालिकाको शव तेस्रो दिन अर्थात शुक्रबार भेटिएको थियो । बलत्कार पछि बालिकाले आफुलाई पक्राउ पर्ने अवस्था सृजना गर्न सक्ने भन्दै उनको हत्या गरेको अभियुक्त सिंहले बताएका छन् । उनलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।
प्रतिक्रिया