युवा पुस्तामाझ चर्चामा रहेका गायक तथा मोडल दुर्गेश थापाले प्रेम राजा महत र हरिदेवी कोईरालाको गीत चोरेको आरोप लागेको छ । गायक थापाले यो बर्ष सार्वजनिक गरेको तीज गीत एउटा फोटो खिच्को अन्तरमा पुरानो लोक गीत आकारमा बादलु ढम्मै छ को शब्द तथा लय हुवहु मिलेपछि उनिमाथी गीत चोरीको आरोप लागेको हो ।
आकाशमा बादलु ढम्मै छ
मनमा के छ भन्नेलाई सम्मै छ
यो गीत को शब्द तथा लय संकलन लोककवि अलि मियाँले गरेका हुन् । नेपाली सांगीतिक क्षेत्रमा पुराना पुस्ताका जनमानसको लोकप्रिय यो गीतमा गायक प्रेमराजा महत र गायिका हरिदेवीले आवाज भरेका छन् । यो गीतमाथी म्युजिक भिडियो पनि बनेको छ । म्युजिक नेपालको युटुव च्यानमा रहेको यस गीतमा देश भक्त र अम्बिकाले अभिनय गरेका छन् ।
यहि गीत हुवहु कपि गरेर आफ्नो तिज गीत बिच्च बिच्चमा २ राखेपछि पुराना स्रोता र अलि मियाँ लोक बाङमय प्रतिष्ठानले दुख ब्यक्त गरेको छ । प्रतिष्ठानका अध्यक्ष हरिफ मियाँले यसरी पुराना संगीतकर्मीका गीत बिना अनुमती चोरी गरेर गायिनु अत्यन्त दुख लाग्दो कुरा भएको बताएका छन् । दुर्गेशले यस गीतको शब्द जस्ताको जस्तै कपि गरेपनि लय भने फास्ट बिटमा तयार गरेका छन् ।
यस गीत चोरीबारे गायक प्रेमराजा महत र गायिका हरिदेवी कोईराले भने अहिले सम्म सार्वजनिक अभिब्यक्ती दिएका छैनन् । यद्यपी बेला बेला बिबादमा आईरहने गायक दुर्गेश थापा यो पटक गीत चोरीको बिबादमा नआउलान् भन्न सकिन्न ।
प्रतिक्रिया