US Khabar

चर्चित संगीतकार सन्तोष श्रेष्ठको स्वरमा युगल गीत ‘मायामा मालामाल’ सार्वजनिक (भिडियो) 

- Admin | ३ वर्ष पहिले प्रकाशित

चर्चित संगीतकार सन्तोष श्रेष्ठको स्वरमा युगल गीत ‘मायामा मालामाल’ सार्वजनिक (भिडियो) 

नेपाली सांगीतिक क्षेत्रका चर्चित संगीतकार सन्तोष श्रेष्ठको आवाजमा ‘मायामा मालामाल’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार डा. नवि अधिकार टकिन्द्रको शब्द तथा यस गीतका गायक श्रेष्ठ स्वयंको संगीतमा रहेको यो गीत गायिका मिना कार्कीसंगको युगल आवाजमा यूटुव च्यानल मार्फत भिडियो सहित सार्वजिनक भएको हो ।

देवेन्द्र नेवाको संगीत संयोजन रहेको माया मलामाल गीतमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय र आकर्षक नृत्य रहेको छ । सन्तोष राजवहाकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

तिम्ले पराई ठानेपछि, आउँछु भनि निष्ठुरीले, तिमीले भुल्न सकेपनि, तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ’, ‘किन आउँछ तिम्रो याद एकान्तमा यति धेरै’, ‘तिमीले हाँसो लुटी लाग्यौ रुँदै रुँदै बाँचेकी छु’, ‘तिमीलाई सञ्चो छैन भन्ने खबर पाएँ मैले’ लगायतका सायौं कर्णप्रिय गीतमा संगीत भरेका सन्तोष श्रेष्ठ अग्रज देखी अनुज सम्मका नयाँ पुराना गीतकार र गायक गायिका संग सफल संगीतकर्मले जोडिएको नाम हो ।

चिनारी, साधना, क्षितिज, पल्लवी, संगम, सभ्यता, गरिमा, मितेरी, सौभाग्य, गुञ्जन, अनुभूति, आत्मीयता, शराब, परिभाषा, जिन्दगीको झलक, मधुरता, साथी, मित्रता, महापुरुषको नेपाल,सुरक्षा लगायतका एल्वममा संगीत भरेका उनले नेपाल भाषाको गीति संग्रह मतिनाया खँ (मायाका कुरा) मा पनि संगीत भरेका छन् भने लालजोडी, कुइँनेटो, अकिञ्चन, लखपति माग्ने, हैरान लगायतका चलचित्रमा पनि उनको संगीत रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">