सरस्वती शर्मा ‘सरु’ (अमेरिका)
गैरआवासीय नेपाली सँघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको ९ औ साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन आज समापन हुँदैछ । जुलाई ३ तारिखबाट सुरु भएको ३ दिने यस सम्मेलन आज समापन हुने भएको हो ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको सफलताका लागि पठाएको शुभकामना सन्देस पत्र बाचन सहित सुरु भएको यस साधारण सभा तथा ज्ञान सम्मेलनको उद्घाटन नेपालका परराष्टृमन्त्री प्रदिप कुमार ज्ञवालीले गरेका हुन् । अनलाईन मार्फत भईरहेको यस सम्मेलनका परराष्टृमन्त्री ज्ञवालीले ब्यानर पढेर उद्घाटन गरेका थिए । यसै कार्यक्रमका लागि अमेरिका आएका परराष्टृमन्त्री ज्ञवालीले कोरोनाका कारण बिश्व आक्रान्त भैरहेको बिषम अवस्थामा पनि साधारण सभा तथा ज्ञान सम्मेलन गरिएको प्रति प्रसन्नता व्यक्त गर्दै अमेरिकामा सिकेका ज्ञान प्रबिधि र बिज्ञानलाई नेपाल सम्म पुर्याउन र नेपालको बिकासमा लगाउन नेपाल सरकार सदैव स्वागत योग्य रहेको बिचार व्यक्त गरेका छन् ।
ज्ञानको खानि मानिने अमेरिकामा नेपालीले सिकेका जतिपनि ज्ञान बिज्ञानका जानकारिहरु छन त्यस्लाई नेपालले एउटा सम्पदाको रुपमा हेर्दै बिकासको अनन्य सहयोगीको रुपमा भित्र्याउन नेपाल सरकार आतुर रहेको बताउँदै मन्त्री ज्ञवालीले बर्तमान परिस्थितिबारे बोल्दै अहिलेको अवस्थामा देश आर्थिक मन्दितिर जान लागेको र धेरै बिदेशियका नागरिक नेपाल आएका कारण नेपालमा बेरोजगारको सँख्या बढ्दै जाने स्थिती आएकाले अव गैरआवासिय नेपाली परिषदले अव नेपालमा सकेसम्म धेरै लगानि गरेर देशलाई सहयोग गर्नु पर्ने धारण ब्यक्त गरेका थिए ।
सम्मेलनका बिशेष अतिति गैरआवासीय नेपाली सँघका अध्यक्ष कुमार पन्तले यो संघको स्थापना नै गैरआवासीय नेपालीको समस्यालाई समाधान गर्न र नेपालको बिकास गर्नका लागि रहेको तर नेपालमा अहिले सम्म केहि लगानी गर्नसके पनि सिप र प्रबिधि अझै पुर्याउन नसकेको बताउँदै गैरआवासीय नेपालीले सिकेका ज्ञान, सिप र प्रबिधिको सम्मेलनले नेपालमा ठुलो सहयोग पुर्याउनेमा आफु विस्वस्थ रहेको बताए ।
अध्यक्ष पन्तले गैरआवासीय नेपाली सँघले सामुहिक लगानी गर्ने कार्य सँचालनमा ल्याउदा ल्याउदै कोभिड १९ को कारण रोक्नु परेको र यस्लाई निरन्तरता दिने प्रतिवद्धता सहित कोरोना महामारिको यस अवस्थामा गैरआवासीय नेपाली सँघले २ करोड २० लाख बरावरको स्वास्थ्य सामाग्री राहतका रुपमा नेपाल पठाएको जानकारी समेत कार्यक्रममा दिएका छन् । पन्तका अनुसार ९ करोड रकम बराबरको राहत अहिले गैरआवासीय नेपाली संघ अन्तराष्टिृय समन्वय परिषदले बिभिन्न देशमा पुर्याएको र अझै पनि सहयोगका कार्य जारि रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै अर्का बिशेष अतिथि अमेरिकाका लागि नेपाली राजदुत महामहिम डा अर्जुन कार्कीले धेरै नेपाली युवा अमेरिकामा रहेको र उनिहरुले सिकेको सिप आर्जन गरेका ज्ञान नेपालमा लैजाने वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिनुका साथै यसरी आयोजना भएको ज्ञान सम्मेलनले यस्ता अवसर प्रदान गर्न सक्ने भन्दै ज्ञान बिज्ञान लाई वढावा दिन र नेपाल सरकार सँग समन्वय गरि यस्ता बिकासका काम अव गैरआवासीय नेपालीको माध्यमबाट नेपालमा लैजान युवालाई प्रोत्साहन गर्नुपर्ने बताए ।
नेपाली बिश्वमा निडर, मिलनसार र सहयोगी भनेर चिनिए पनि नेपाली नेपाली बिचमा धेरै बैमनश्यता राख्ने गरेको कुरालाई अँकित गर्दै डा. कार्कीले अव यस्ता ज्ञान सम्मेलनले सबैमा सकारात्मक सोच भरिदियोस भन्ने शुभकामना समेत ब्यक्त गरेका छन् ।
एनआरएनए एनसिसि अमेरिकाका अध्यक्ष सुनिल साहको अध्यक्षतामा भएको यस सभामा गैरआवासीय नेपाली संघका उपाध्यक्षहरु डा . बद्रि के सी, रविना थापा, महासचिव डा हेमराज शर्मा, सचिव गौरी जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ, क्षेत्रीय संयोजक राजन त्रिपाठी, उपसंयोजक राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की, आइसीसी सल्लाहकार हरिबोल भण्डारी, एनसीसी अमेरिकाका पूर्वअध्यक्षहरु समेतले शुभकामना तथा मन्तब्य राखेका थिए ।
त्यस्तै कार्यक्रममा नेपाली काँगे्रसका सहमहामन्त्री तथा पुर्बपरराष्टृमन्त्री डाक्टर रामशरण महत, केन्द्रिय सदस्य डाक्टर शेखर कोइराला लागायत अमेरिकाका अन्य व्यक्तिहरुले पनि कार्यक्रमको सफलताको शुभकामना सहित आ आफन् मन्तब्य र व्यक्त गरेका थिए ।
महासचिव पशुपति पाण्डेद्वारा संचालित यस कार्यक्रम जुलाई ३ तारिखबाट सुरु भै आज ५ तारिख समापन हुँदै छ । विश्वब्यापी महामारी कोभिड १९ का कारण एनआरएनए अमेरिकाको ९ औ साधारण सभा तथा राष्टिृय ज्ञान सम्मेलन अनलाईन मार्फत गरिएको भएपनि प्रभावकारी ढंगले ३ दिने कार्यक्रम सम्पन्न हुँदै गएको एनआरएनए अमेरिकाले जनाएको छ ।
एनआरएनए एनसीसी अमेरिकाको नवौं साधारण सभा र नेशनल नलेज कन्भेन्सनको समुदघाटन समरोह २०२०
Posted by NRNA NCC USA on Friday, July 3, 2020
प्रतिक्रिया