US Khabar

गायिका प्रविशा अधिकारीको साथमा गायक तथा संगीतकार टंक तिमिल्सिनाको ‘तिमी बाहेक’ सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

गायिका प्रविशा अधिकारीको साथमा गायक तथा संगीतकार टंक तिमिल्सिनाको ‘तिमी बाहेक’ सार्वजनिक

गायक तथा संगीतकार टंक तिमिल्सिनाको नयाँ गीत सार्वजनिक भएको छ । राम विष्ट अविरलको शब्दमा रहेको तिमी बाहेक बोलको गीत टंक तिमिल्सिनाको संगीत तथा आवाजमा भिडियो सहित सार्वजनिक भएको हो ।

गायक तिमिल्सिना र गायिका प्रविशा अधिकारीको युगल आवाज रहेको यस गीतको संगीत संयोजन पनि गायक तिमिल्सिना स्वयंको रहेको छ । मारुनी रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडियोमा गायक तिमिल्सिना र गायिका अधिकारीलाई देख्न सकिन्छ । रमणिय स्थानमा छायांकन गरिएकाले भिडियो आकर्षक तरिकाले निर्माण भएको यस गीतमा माया प्रेम, याद र बाचा कसमका भाव अभिब्यक्त रहेको छ ।

टेकेन्द्र शाहको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई राम कुमार केसीले छायांकन गरेका हुन् ।

गायक तथा संगीतकार तिमिल्सिनाका यस अघि ‘माया के हो थाहा छैन’ ,’ज्यान सुकेर लौरी’, ‘लै लै देउडा’, ‘मैना’, ‘आमाको माया’, ‘हुक्का बार’ लगायतका गीतहरु सार्वजनिक छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">