जपानमा आएको बाढी र पहिरोमा परी १५ जनाको मृत्यु भएको छ । भारी बर्षापछी आएको बाढी र पहिरोमा परी घरहरु बगाउनुका साथै १५ जना मानिसको मृत्यु भएको हो ।
बाढी पहिरोका कारण हजारौं घर डुबानमा परेको यस बाढि पहिरोमा परि नौ जना मानिस हराइरहेका छन् भने सयौं चौपायाहरु समेत बगाएको छ ।
बिजुली आपूर्ती बन्द हुँदा जापानका अधिकांश शहर अन्धरकारमय भएको जापानका क्युसु द्धीप र कुमामोटो प्रान्त वरिपरिका लाखौं सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
कुमामोटो प्रान्तको कुमा नदीको बहाव बढेर बस्तीमा समेत प्रवेश गरेकोले त्यहाँका सर्वसाधारण थप मारमा परेका छन् । जापानको तकिनुई जिल्लाका आठ वटा घर बाढीले बगाएको छ ।
जापानी सेना र हेलिकप्टरको सहायताले बाढी पहिरोमा हराइरहेकाहरुको ब्यापक खोजी जारी राखिएको र बिपत नियन्त्रण र उद्धारका लागि १० हजार सैनिक परिचालन गरिएको जानकारी दिंदै जापानका प्रधानमन्त्री सिन्जो आबेले सबै नागरिकहरुलाई सचेत रहन अपील गरेका छन् ।
(एजेन्सी)
प्रतिक्रिया