US Khabar

क्वारेन्टाईनमा मृत्यु भएका अर्का युवकको पनि कोरोना पुष्टी

- Admin | ३ वर्ष पहिले प्रकाशित

क्वारेन्टाईनमा मृत्यु भएका अर्का युवकको पनि कोरोना पुष्टी

क्वारन्टाईनमा मृत्यु भएका अर्का युवकको पनि कोरोना संक्रमण पुष्टी भएको छ । बागलुङको ढोरपाटनमा रहेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २९ वर्षीय युवकको मृत्यु पश्चात कोरोना पुष्टी भएको हो ।

निसीखोला गाउँपालिका वडा नम्बर २ घर भै ढोरपाटन नगरपालिका–४ खुङ्गाको क्वारेन्टिनमा बसेका ति ती युवकको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसिआर जाँच भएको थियो ।

परिवारका पाँच सदस्यसहित गत असार १ गते भारतबाट आएका उनको संक्रमणबाट मृत्यु भएपछि उनका परिवारका सबैको पुनः स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिने बताइएको छ ।

हाल सम्म कोरोना संक्रमणबाट नेपालका मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">