बिबेक चन्द ठकुरी (मध्यपस्चिम, नेपाल)
पृथ्वीको उत्पत्ति, पृथ्वीमा सजिव प्राणीको अस्तित्व र मानवजातिको क्रमबिकास देखि कयौ पटक ऐतिहाॅसीक ठुला-ठुला बिपद झेल्दै आज एक्काईसौ सताप्दिको संघारमा आईपुगेको यो संसारको मानवसभ्यता पुन एक पटक एकै खालको संकट, रोग र भोकको आक्रान्त झेलीरहेको यस दुखद अबस्थालाई मध्यनजर गर्दै पृथ्वीको दक्षिणी भाग र दुई ठुला देशहरुको बिचमा च्यापीएर रहेको देश नेपालले केही सिक्न पर्दछ ।
चाईनाको बुहान राज्यमा २०१९ डिसेम्बरको अन्त्य तिरबाट उत्पत्ती भएको कोरोना भाईरस कोभिड-१९ ले आजको मिती सम्म संसारका २०० भन्दा बढी देशहरुमा आफ्नो आतंक फैलाई सकेको छ । यसबाट बिश्वभर ७० हजार भन्दा बढीले अनाहकमा ज्यान गुमाई सकेका छन भने १४ लाखको हाराहारीमा संक्रमितको संख्या रहेको WHO को तथ्यांकले देखाईसकेको छ । कोभिड-१९ को त्रासदीलाई रोक्न बिभिन्न किसिमका औषधी तथा भ्याक्सिनहरु पत्ता लगाउन होडबाजीमा जुटेका बिश्वका ठुला शक्ति राष्ट्रहरु पनी आज हतोत्सायी भएर सुस्केरा हाल्दै निधारमा हात राखी घोत्लिरहेको अबस्थामा छन ।
कोभिड-१९ को आक्रान्त आफ्नै तरिकाले झेलिरहेको नेपाल पनी केही आषा र बिश्वासका साथ बिश्वको यस खालका प्रयासमा हातेमालो गरीरहेको छ । तसर्थ यतिबेला लकडाउनलाई बढी कडाई गर्दै केही साता लम्ब्याएको अबस्था छ । यो रोग नियन्त्रणका लागी बिश्वका शक्ति राष्ट्रहरुले गरेका अथक प्रयास असफलका समाचार र बिश्वका बिभिन्न मुलुकहरुमा आफ्ना नागरीकहरु बिपदको घडीमा छटपटाईरहेका भन्ने समाचारले पनी अली नेपाल सरकार हतास देखिन्छ ।
यता यस्तो आपदबिपदको बेला पनी स्वास्थ्य सामाग्री आयातमा भ्रष्टाचार गरेको कुराले संचार जगत तातिएको र जनता सबै एकै स्वरमा नेपाल सरकारको बिरोध गरीरहेका छन । हुन पनी कोरोनाको बिपदले आज को धनी, को गरिब, को कुन धर्म, कुन जातको, कालो-गोरो, नारी-पुरुष, कुन बिकसित राष्ट्र कुन गरिब र अबिकसित राष्ट्र, र बच्चा,बृद्व र जवान नभनी सबैलाई सताएको र तर्साईरहेको छ । यस्तो बेला नेपालमा पनी यो पार्टी त्यो पार्टी, नभनी सरकारलाई सहयोग गर्न प्रमुख प्रतिपक्ष दल र अन्यदलहरु पनी एक ठाॅउमा आएर सबै नेपाली जनतालाई बचाउन र बिश्व जगतलाई सकेको सहयोग गर्न र बचाउन अग्रसर रहनु पर्दछ ।
यसै मौकामा राजा ज्ञानेन्द्रले २ करोड रुपैंयाॅ कोरोना कोषमा सहयोग गरी एक खालको राष्ट्रियता र नेपाली जनता प्रतिको अबिभावकको उत्तरदाहित्व बोध गराएका छन । यसको पनी केही दिन केही ब्याक्तिहरुले बिरोध गरेका कुरा सामाजिक संजालमा छाए र राजा ज्ञानेन्द्रको सम्पत्ति खोजिने साथै छानविन गरीने जस्ता अनलाईन समाचार पनी आए । सायद अहिले समय यस्तो अबस्थामा आईपुग्दा सबैले कुरा बुझे की क्या हो अन्त्यमा धेरै जसो राजा र राजसंस्थाको पक्षमा राम्रा समाचार पनी आए । कोरोनाको आतंकले संसार र मानव सभ्यताको अस्तित्व माथीनै धावा बोलीरहेको बेला देशमा गलत राजनैतिक गेम खेल्ने जो कोही पार्टीपंत्ती र ब्याक्तिलाई क्षम्य हुने छैन र मानबताको पाप लाग्छ । यो बादी त्यो बादी भन्ने बेला होईन यो ।
बरु यति बेला को कुन पार्टी, को कुन जाति, को कुन धर्म नभनी सारा राष्ट्र, राष्ट्रबादी शक्ति बनेर देश र जनताको स्वास्थ्यमा ध्यान दिऊ । रोग नियन्त्रणका लागी लागु गरीएको लकडाउन थप कडाईका साथ केही साता लम्बिएकोले ज्याला-मजदुरी गरी दैनिकी छाक टार्ने गरिब-निमुखा जनताहरु रोग भन्दा पनी भोकले मरिने भयले अझै बढी आत्तिएका छन । ब्याक्तिर र केही गैरसरकारी संघ सस्थाले डोनेसन गरेको राहात तथा खाध्य सामाग्री सम्बन्धित स्थानिय निकायका पधादिकारी र तिनका नजिक वा आ-आफ्ना भोटर र पार्टीका वा समुदायका मानिस भन्दै तिनिहरुलाई केही बाॅड्ने बाॅकी आफैले लुकाउने गरेका भिडीयो र समाचारले कतै मानबता मरिसकेको यस किसिमका पापिष्टहरुको अन्त्य वा मानबलाई आफ्नो औकात चिनाउन पनी यस किसीमको प्राकृतीक प्रकोप फैलिएको त होईन भनी प्रश्न पनी उठेका छन । कदापी यस्तो बेला दानबिय ब्यबहार नगरौ, मनबियतालाई सर्बोपरी ठानी माथी उठेर मानव धर्म र सेवामा जुटौ ।
हरेक क्षेत्र बाट हर कोहीले सकेको सहयोग गरौ । कोरोना-१९ सर्न बाट बच्ने उत्तम उपाय भनेको घरबाहीर ननिस्कीनु र भिडभाड, अन्य मानिसहरुको नजिक सम्पर्कमा नजानुनै हो, तसर्थ नेपाल सरकारले लागु गरेको लकडाउनको ब्यबस्थालाई दुरुस्त सफल बनाउन प्रहरी प्रशासन लगायत मिडिया र नेपाल सरकारलाई साथ र सहयोग गरौ । यो बेला तेरो मेरो होईन सबै हामी र हाम्रो भनी एक स्वरमा एकतृत भै यस बिपदका बिरुद्व लाग्नुनै आफ्नो र सम्पुर्ण मानब अस्तित्वको रक्षा गर्नु हो ।
अन्त्यमा फेरी पनी म यो कुराको आह्वान गर्द छु की कुनै दल बिशेष, कुनै धर्म, कुनै जाति वा समुदाय, क्षेत्र र कुनै लिंग बिचको अन्तरभेद मन र दिमागमा नराखी सम्पुर्ण राष्ट्रलाई मायाॅ गर्ने राष्ट्रबादी शक्ति भनिने संघ-संस्था, ब्याक्तिहरु एकै ठाॅउमा आएर रोग र भोकले आक्रान्त जनताको जिबन रक्षार्थ जुटौ । संसारमा नेपालीको भाईचारा, शान्ति, धैर्यता, एकता र सहासिक बिरतालाई पुन एक पटक बलियो बनाई देखाउ र नेपाल र नेपालीको बेग्लै परिचय दिउँ ।
जय नेपाल ! जय नेपाली !! धन्यबाद !!!
प्रतिक्रिया