US Khabar

राजु सिंहको संगीतमा रहेको गायक कर्णदासको ‘मकै भुट्ने बुढि आमा’ यूटुवमा सार्वजनिक

- Admin | ३ वर्ष पहिले प्रकाशित

राजु सिंहको संगीतमा रहेको गायक कर्णदासको ‘मकै भुट्ने बुढि आमा’ यूटुवमा सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय संगीतकार राजु सिंहको संगीतमा रहेको गीत मकै भुट्ने बुढी आमा यूटुव मार्फत सार्वजनिक भएको छ । साहित्यकार तथा सञ्चारकर्मी डा.नवराज लम्सालको शब्द र गायक कर्ण दासको आवाजमा रहेको यो गीत लिरिकल भिडियो सहित सार्वजनिक भएको हो ।

गीति एल्वम बादल भित्रको जुन मा समाविष्ट यस गीतले सडक पेटिमा मकै भुटेरे बाँचिरहेकी एक बुढी आमाको कथालाई प्रस्तुत गरेको छ । अमुल कार्की ढलीको संगीत संयोजन रहेको यो गीतको लिरिकल भिडियोलाई दिपेन बस्नेतले तयार गरेका हुन् ।

३ दशक बढिको लामो सांगीतिक यात्रा तय गरेका संगीतकार राजु सिंह अग्रज देखी अनुज संगीतकर्मीसंग निरन्तर काम गरिरहेका संगीतकार हुन् । बरिष्ठ बाध्यबाधक भगत सिंहका छोरा राजु सिंह काठमाडौंका स्थानिय बासिन्दा हुन् ।

सानोमा मिठो आवाज भएका संगीतकार सिंहले स्कुले जीवन गीत गाउँदै हुर्किए उनलाई सबैले गायक बन्ने सपना देखेका भएपनि अन्तत उनि अब्बल संगीतकारका रुप स्थापित भए । सालिन र मृदुभाषी स्वभावका सिंह गीतार, भ्वाईलिन, म्यान्डोलिन, एकोर्डिङ, किवोर्ड लगायतका दर्जन हाराहारीका बाध्य साम्रगी बजाउन सक्ने उनि संगीत बिसारत संगीतकर्मी हुन् । जर्मन गुरु एहब्रोनबाट पाश्चात्य संगीत सिकेका उनले  त्रिनिटी विश्वविद्यालयबाट पाश्चात्य संगीतमा ८ लेभल ग्रेट गरेका उनि आफुलाई संगीतकार भन्दा पनि संगीत साधकका रुपमा चिनाउँछन् ।

साउथ एसियन म्युजिक सुपर स्टारमा जर्जका रुपमा छनौटमा परेका नेपाली संगीतकर्मी हुन् राजु सिंह जसले गुलाम अलि , आसा भोष्ले, प्रेम ध्वज प्रधान, दिप श्रेष्ठ, रामकृष्ण ढकाल, नविन के भट्टराई, राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, अन्जु पन्त, मिलन अमात्य लगायतका नयाँ पुराना सबै संगीतकर्मीसंग काम गरेका उनका नजरको दोशी बनि, बचन तोडे कसम नि तोडे, मेरो साथ बिताएका याद सबै, तिमी नभए के अर्थ यहाँ लगायका सयौं कर्णप्रिय गीतहरुमा संगीत भरेका छन् । उनकी बहिनी धनुसा सिंह र भाई कल्याण सिंह पनि संगीतकर्ममा नै छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">