US Khabar

‘सरकारको मनपरी मान्य छैन, मंगलबारे अस्पतालको नाम कुनै पनि हालतमा परिवर्तन गर्न दिँदैनौं’

- Admin | ३ वर्ष पहिले प्रकाशित

‘सरकारको मनपरी मान्य छैन, मंगलबारे अस्पतालको नाम कुनै पनि हालतमा परिवर्तन गर्न दिँदैनौं’

प्रदेश १ सरकारले उर्लावारी ३ स्थित मंगलबारे अस्पतालको नाम मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर राख्ने निर्णय गरेसंगै असन्तुष्ट स्थानियहरुले सुरु गरेको बिरोध कार्यक्रम करिव ३ हप्तादेखी चलिरहेको छ । मोराङको उर्लाबारिमा रहेको मंगलबारे अस्पतालको नाम परिवर्तनको बिषयलाई लिएर भै रहेको बिरोधको श्रृंखला दिन दिनै नयाँ नयाँ स्वरुपमा अघि बढिरहेको छ ।

सरकारले अस्पतालको नाम परिवर्तनको प्रस्थाव अघि सारेबाट नै सुरु भएको यो विरोध असार १ गते देखी थप कार्यक्रमका साथ अघि बढिरहेको छ । यस बिचामा मसाल जुलुस, बृहत जनसहभागीता सहितको र्याली, धर्ना लागायतका बिरोध कार्यक्रम हुँदै आज मोटरसाईक र्याली पनि निकालिएको छ ।

४ राजनितीक दल संवद्ध संघिय संघर्ष समिती नै गठन गरेर अघि बढेको यो आन्दोलन बिभिन्न उप समितीहरु गठन गरेसंगै थप सशक्त बन्दै गईरहेको छ । बिरोध प्रदर्शनमा उर्लाबारी आस पासका छिमेकी स्थानहरुबाट पनि जनताहरु स्वतस्फुर्त सहभागी बन्दै गएका छन् । उनिहरु सबैले अस्पतालको स्तरोन्नतीका लागि नाम परिवर्तनको जरुरी नरहेको बताउँदै मंगलबारे अस्पताल यो क्षेत्रको ऐतिहासिक अस्तित्व रहेको र ईतिहास मेटाउने गरि सरकारले ल्याएको प्रस्थाव आफुहरुलाई कुनै हालतमा मान्य नहुने बताईरहेका छन् ।

केही ब्यक्तीले नाम परिवर्तन गर्नुले खाष फरक नपार्ने अभिब्यक्ती दिईरहेकोप्रति आपत्ती जनाउँदै यहाँका स्थानियहरुले नाम परिवर्तनले अर्थ राख्दैन भने जनताको स्वास्थ्य सुबिधा र चाहनालाई ध्यानमा राखी मंगलबारे अस्पताल नाममा नै किन सरकारले अस्पतालको स्तारोन्नती गर्न सक्दैन ? भन्ने प्रश्न पनि गरेका छन । स्थानियको चाहना एकातिर सरकारको उदेश्य अर्को तिर भै दिँदा यो बिरोध अव सरकारको अर्को निर्णय नहुँदा सम्म रोक्किने जस्तो देखिंदैन । स्थानियहरु, कोरोना र खेतिपातीको बेवास्था गर्दै मंगलबारे अस्पतालको अस्तित्वको लडाईंमा उत्रेको देख्दा सरकारले स्थानियको भावना नबुझी अघि सारेको प्रस्थावको नतिजाबाट यो बिरोध आन्दोलन जन्मिएको स्पष्ट हुन्छ । आक्रोसित स्थानियहरु र बौद्धिक समाज गणतन्त्रको नै धज्जी उडाँउने गरि सरकाले आफुखुसी जनताको भावनामा ठेस पुग्ने गरि गरेका निर्णय र अघि सारेको यस प्रकारका प्रस्थाव आफुहरुलाई मान्य नहुने बताउँदै मंगलबारे अस्पतालको नाम कुनै पनि हालतमा परिवर्तन गर्न नदिने प्रतिज्ञामा देखिएका छन् ।

 

 

https://www.facebook.com/bp.bhattarai.9/videos/304905277567003/

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">