US Khabar

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३३ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३३ पुग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३३ पुगेको छ । आज थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएसंगै कर्णाली प्रदेशमा यो संख्या १२३३ पुगेको हो ।

आज कोरोना पुष्टी भएका ९ जना मध्य सुर्खेतका ६ जना, दैलेखका २ जना र जाजरकोटका १ जना रहेका छन् ।

यो प्रदेशबाट आज ३ जना डिस्चार्ज भएका छन् जसमा कालिकोट अस्पतालबाट २ जना र  सुर्खेत अस्पतालबाट १ जना रहेका छन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा सुर्खेतका अनुसार हाल सम्म कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या ५०८ रहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">