गैरआवासीय नेपाली संघ एनआरएनएको अफ्रिका क्षेत्रका महिला संयोजकहरुको बैठक सम्पन्न भएको छ । एनआरएनए आइसीसी उपाध्यक्ष रविना थापा र महिला संयोजक भुमा लिम्बुको बिशेष उपस्थितमा आइतबार एनआरएनए अफ्रिका क्षेत्रिय महिला संयोजकहरुको प्रथम बैठक सम्पन्न भएको हो ।
विश्वब्यापी महामारी कोभिड १९ का कारण जुम मार्फत सम्पन्न गरिएको सो बैठकमा अफ्रिकामा रहेका महिलाहरुको अवस्था र एनआरएनएको भुमिकामाथी छलफल गरिनुका साथै कोभिड १९ का कारण लामो समयदेखी जारी लकडाउनबाट रोजगारी गुमाएका साउथ अफ्रिकाका महिलाहरु असहजको जाकाकारी तथा समाधानका अवस्थामाथि पनि छलफल भएको थियो ।
अफ्रिका क्षेत्रीय महिला संयोजक मन थापाको अध्यक्षतामा सम्पन्न बैठकमा नाईजेरिया क्षेत्रबाट अन्जु पौडेल र निक्की गुप्ता, युगान्डाबाट कुमारी तारा गीरी र बर्षा क्षेत्री, घानाबाट सञ्जना गौतम, केन्याबाट कुमारी क्षेत्री र मोजाम्बिकबाट शारदा पौडेलको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया