US Khabar

कतारबाट २० जना नेपालीको शव काठमाडौं आईपुग्यो, गृहस्थान पठाउने तयारी

- Admin | ३ वर्ष पहिले प्रकाशित

कतारबाट २० जना नेपालीको शव काठमाडौं आईपुग्यो, गृहस्थान पठाउने तयारी

कतारबाट २० जना नेपालीको शव काठमाडौं आईपुगेको छ । लकडाउनका कारण नियमित उडान बन्द भएपछि आउन नकसकेका शवहरू चार्टर्ड उडान मार्फत शुक्रबार नेपाल ल्याईएको हो ।

बैदेशिक रोजगार बोर्डका अनुसार यि शवहरुको सबै शवहरुको बिस्तृत बिवरण आउन बाँकी रहेकाले अहिले विवरण प्राप्त शवहरु उनिहरुको गृह जिल्ला पठाईंदै छ । अहिले सम्म २० जनाको शव ल्याईएकोमा कुवेतबाट १ र संयुक्त अरब इमिरेट्सबाट १ शव आउन बाँकी नै छ ।

लकडाउन पछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानबाट ल्याईएका यि शवहरु परिवारलाई बुझाउन काठमाडौंबाट उनिहरुको गृह स्थान सम्म पुर्याउन खर्च बोर्डले नै खर्च व्यवस्थापन गरेको हो । शवहरु कतारबाट ल्याउनका लागि पनि लाग्ने खर्च पनि बोर्डले नै गरेको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">