US Khabar

राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेसंगै आजबाट नेपालको नयाँ नक्साले पायो संवैधानिक मान्यता

- Admin | ३ वर्ष पहिले प्रकाशित

राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेसंगै आजबाट नेपालको नयाँ नक्साले पायो संवैधानिक मान्यता

नेपालको नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ । निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणिकरण गरेसंगै लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको हो।

प्रतिनिधिसभाबाट जेठ ३१ गते सर्वसम्मतिले पारित भएको विधेयक राष्ट्रिय सभामा ३२ गते छलफल गरी संसोधनका लागि दिइएको थियो । त्यस दिन सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टाको समय दिइए अनुरुप नयाँ नक्सा प्रमाणिकरण गरएको हो ।

सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">