दाङको तुलसीपुर बजार भोलीबाट दिउँसो १२ बजेपछि बन्द हुने भएको छ । कोरोना संक्रमण रोक्न तुलसीपुर उपमहागनरपालिकाको सर्वदलिय बैठकले भोली देखि दिउँसो १२ बजेपछि बजार बन्द गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको सो बैठकले भोलीदेखी तुलसीपुर बजार विहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खोल्ने निर्णय गरेसंगै अव दिउँसोको समय तुलसीपुर बजार बन्द हुनेछ ।
स्थानीय प्रशान, तुलसीपुर उद्योगबाणिज्य संघ, तुलसीपुर चेम्बर अफ कमर्स, विभिन्न व्यवसायीक संगठन लगायतका प्रतिनिधिको सहभागिता रहेको सो बैठकको निर्णय अनुसार कृषी, भेटनरी, औषधी पसल, मेडिकल, भने खुल्ला रहने छन् ।
यो निर्णय संगै तुलसीपुर बजार अब अर्को सुचना जारी नहुँदा सम्मका लागि प्रत्यक दिन दिउसो १२ बजेसम्म बजार खुल्ने र त्यसपछि बन्द रहने छ ।
प्रतिक्रिया